न्यूयोर्क टाइम्सको रिपोर्ट- केबल सडकको आक्रोश होइन, नेपाललाई अस्थिर पार्ने योजनाबद्ध हमला थियो
काठमाडौं। सेप्टेम्बर ९ अर्थात भदौ २४ गते एकै दिन दिउँसोका केही घन्टाहरूमा नेपालका धेरैजसो संरचनाहरू आगोले खरानीमा परिणत भए।
उक्त घटनापछि आम रूपमा २३ गते भएको १९ जनाको हत्यापछि युवा प्रदर्शनकारीहरूको भीडले आक्रोशित भई बदला लिन खोज्यो र प्रतिशोधात्मक आक्रोश बढ्दै जाँदा उनीहरूले आगजनी गरेको भन्ने बुझाइ बनेको छ।
तर, अमेरिकन चर्चित पत्रिका न्यूयोर्क टाइम्सको एक खोजमुलक लेखले सो घटना सुनियोजित र योजनाबद्ध हमला भएको बताएको छ।
२४ गतेको आगजनीमा ऐतिहासिक सिंह दरबारदेखि सर्वोच्च अदालतसम्म, ठूला मन्त्रालयदेखि वडा कार्यालयसम्म गरी सयौँ सरकारी भवनहरू नष्ट गरिएका थिए।
यसबाहेक, सयौँ अन्य सरकारी भवनहरूलाई पनि निशाना बनाइयो, जसमा राजनीतिक नेतासँग जोडिएका भन्दै व्यवसाय र विद्यालयहरू, साथै बहालवाला र अवकाशप्राप्त नेताहरूको घर पनि सामेल थिए।
न्यूयोर्क टाइम्सले दर्जनौँ प्रत्यक्षदर्शी, सहभागी र आगजनी विशेषज्ञसँगका अन्तर्वार्ताहरू; घटनास्थलका तस्बिर र भिडियोहरूको विश्लेषण र न्यूयोर्क टाइम्सका पत्रकारहरूले गरेका स्थल अवलोकनहरूका आधारमा गरेको अनुसन्धानले सो तथ्य उजागर गरेको हो।
सो रिपोर्टमा भनिएको छ, ‘धेरै सुनियोजित र राष्ट्रव्यापी विनाश अभियान अघिल्लो दिन भएका मृत्युहरूको पूर्णतया स्वतःस्फूर्त प्रतिक्रिया मात्र हुन सक्दैन।‘
सेप्टेम्बर ८ का गोलीकाण्डका केही घण्टा पछि नै ‘एउटा सूची’ सार्वजनिक हुन्छ र सोहीका आधारमा भोलिपल्ट दिउँसोसम्म ती मध्ये धेरै स्थानमा आगो लगाइयो। नेपालका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका (राज्यका तीनै अङ्ग) पनि आगोको चपेटामा परे। विनाशको मात्रा केही घन्टाभित्रै सयौं हवाई हमलाहरूले गरेको क्षतिजस्तै प्रलयकारी थियो।‘
सेप्टेम्बर ९ मा काठमाडौंका मुख्य भवनहरूमा कतिबेला लाग्यो आगो?
दिउँसो १:४५ बजे — भीड संसद भवन परिसरमा प्रवेश गर्यो।
३० मिनेटभित्र — संसद भवनमा आगो लाग्यो।
भीड त्यसपछि सर्वोच्च अदालततर्फ अघि बढ्यो।
२:५० बजेतिर — सर्वोच्च अदालतमा आगो बल्यो।
३:०६ बजेतिर — भीड सिंहदरबार परिसरमा पुग्यो।
२० मिनेटभित्रै — सिंहदरबार पनि आगोमा जलिरहेको थियो।
‘त्यति छोटो समयमा यति धेरै भवनमा आगो लाग्नु संगठनात्मक दक्षता बिना सम्भव हुँदैन,’ एन्ड्र्यू मूर एन्ड एसोसिएट्सकाका वरिष्ठ आगलागी अनुसन्धानकर्ता रिचर्ड ह्यागरले भने । उनले थपे, यस प्रकारको घटनाका लागि महिनौं नभए पनि, हप्तौंको योजना चाहिन्छ।’
ताजा अपडेट
-
१.
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
-
२.
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
-
३.
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
-
४.
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
-
५.
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...
नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ
महेन्द्रनगर। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र...




