मधेश सरकारबाट बाहिरियो लोसपा
काठमाडौं। मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
प्रदेश प्रमुखको कार्यालय जनकपुरधामले सोमबार एक विज्ञप्ति जारी गर्दै लोसपाले दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको जानकारी दिएको हो ।
विज्ञप्तिमा उल्लेख छ, “नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेस प्रदेश सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालले दिएको समर्थन आजकै मितिबाट फिर्ता लिइएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।”
लोसपाको तर्फबाट प्रदेश प्रमुखको कार्यालयमा पत्र बुझाउने काम पार्टीको प्रदेश संसदीय दलका प्रतिनिधिहरूले गरेका छन् । लोसपाको समर्थन फिर्तासँगै मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकार सङ्कटमा परेको छ । मुख्यमन्त्री सिंहले मंगलबार प्रदेश सभामा विश्वासको मत लिनुपर्ने तय भइसकेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
हेटौँडामा शंकास्पद वस्तु डिस्पोज
हेटौँडा। हेटौँडा उपमहानगरपालिका-६ गौरिटारस्थित सीटीईभीटी कार्यालय र श्रीकृष्ण प्रणामी मन्दिरको बिचमा सेतो कागजमा ‘डेन्जर’ लेखिएको शंकास्पद वस्तु फेला परेको छ।...
रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना
रोल्पा। रोल्पामा खटिएका एक जना प्रहरी बिरामी परेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा खटिएका प्रहरी सहायक हवल्दार जिवन...
उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर...
प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति
काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...




