बालेनले किसानलाई ‘फोहर’ भनेपछि किसान महासंघको आपत्ति, सार्वजनिक रूपमा माफी माग्न चेतावनी
काठमाडौं । अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले किसानलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै तीव्र आपत्ति जनाएको छ । मेयर शाहले आफ्नो फेसबुक स्टाटसमार्फत किसानलाई ‘फोहर’ भनेको अभिव्यक्तिप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका अध्यक्ष डा. प्रेम दंगालले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, “मुलुकको प्रमुख र आधारभूत उत्पादन शक्ति किसान समुदायलाई अपमानित गर्ने, होच्याउने र उनीहरुको स्वाभिमानमा चोट पुर्याउने उक्त अभिव्यक्ति अत्यन्त घोर भर्त्सनीय र निन्दनीय छ।”
महासंघले यस्तो अभिव्यक्ति किसान समुदायको आत्मसम्मानमाथि ठाडो प्रहार भएको भन्दै महानगरको जिम्मेवार पदमा बसेका व्यक्तिबाट यस्तो टिप्पणी हुनु दुखद भएको जनाएको छ ।
महासंघले मेयर साहलाई आफ्नो फेसबुक स्टाटस हटाएर किसानसँग सार्वजनिक माफी माग्न माग गरेको छ । अन्यथा महासंघले विरोधका कार्यक्रमहरू गर्ने चेतावनी समेत दिएको छ ।
ताजा अपडेट
-
१.
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
-
२.
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
-
३.
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
-
४.
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
-
५.
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...
नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ
महेन्द्रनगर। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र...




