मुख्य समाचार

जेन–जेड आन्दोलनका अगुवामा राजनीतिक र कानुनी बुझाइमा भएन एकरुपता

काठमाडौं – नेपालमा भदौ २३ र २४ गते भएको जेन–जेड आन्दोलनपछि विभिन्न युवा अगुवाहरूको उदय भइरहेको छ।
१३ देखि २८ वर्ष उमेर समूहलाई जेन–जेड भनिए पनि हाल अगुवाको रूपमा अगाडि आएका कतिपय व्यक्ति सो उमेर समूहभन्दा बाहिरका छन् भने उनीहरुमा राजनीतिक, संवैधानिक र कानुनी कुरामा स्पष्ट देखिँदैन।
आन्दोलनपछि नेपाली सेना र राष्ट्रपतिसँग वार्ता गर्नेदेखि सरकार निर्माणसम्म सक्रिय भएका सुदन गुरुङ ३६ वर्षका छन्। गुरुङ हामी नेपाल एनजीओका सञ्चालक हुन्।
तर, उनी र उनको समूह स्वयं नेपाली संविधानका विषयमा स्पष्ट छैनन्। अर्का अगुवा मिराज ढुंगानाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था भएपछि मात्रै निर्वाचन हुनुपर्ने बताएका छन्, तर यस्तो व्यवस्था संविधानको दायराभन्दा बाहिर पर्ने भएकाले उनको प्रस्ताव कार्यान्वयनको प्रक्रिया अस्पष्ट देखिन्छ।
त्यस्तै अर्का अगुवा रक्षा बमले विभिन्न मिडियामा अन्तरवार्ता दिँदै आएकी छन्, तर सिंहदरबारमा आगलागी हुँदा खुशी व्यक्त गरेको तस्बिर सार्वजनिक भएपछि उनी विवादमा परेकी छन्।
विश्लेषकहरूका अनुसार, जेन–जेड आन्दोलनबाट परिवर्तनको चाहना प्रष्ट देखिए पनि त्यसको प्रक्रिया, मार्गदर्शन र कानुनी ज्ञानको कमी स्पष्ट भएको छ। भ्रष्टाचारविरुद्धको आन्दोलनबाहेक अन्य आन्दोलनहरूमा उद्देश्य र मागहरू व्यक्तिनिष्ठ बनेका छन्, जसको परिणाम स्वरूप राजनीतिक अस्थिरता र अराजकता बढ्दै गएको छ।
हालै सिन्धुपाल्चोकको भोटेकोशी जलविद्युत आयोजनामा “जेन–जेडको नाममा” एक युवा समूहले १० प्रतिशत शेयर हड्पेको र करिब १९ करोड रुपैयाँ बराबरको सम्झौता गरिएको समाचारले विवाद थपेको छ।
यता, अन्तरिम प्रधानमन्त्री शुशिला कार्कीको नेतृत्वमा चार जना जेन–जेड प्रतिनिधि मन्त्रिपरिषद्‌मा समावेश गर्ने तयारी भइरहेको छ। विभिन्न युवा समूहहरू मन्त्री बन्न प्रतिस्पर्धा गरिरहेका छन्, तर साझा नाम अझै तय हुन सकेको छैन। बालुवाटार स्रोतका अनुसार, मिडिया ट्रायलका कारण यो विषयलाई अनावश्यक रूपमा राजनीतिकरण गर्न खोजिएको छ।
राजनीतिक विश्लेषकहरूले भनेका छन्, “परिवर्तनको इच्छा सकारात्मक भए पनि राजनीतिक ज्ञान र अनुभवबिना सत्ता हातमा दिन अहिलेको अवस्था उपयुक्त देखिँदैन।”

सम्बन्धित समाचार

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

महेन्द्रनगर। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र...