मधेशमा पहिलो पटक लोसपा सरकार, सोनल मुख्यमन्त्री
काठमाडौं।मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार सोनललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।
लोसपाका संसदीय दलका नेता सोनललाई अन्य छवटा दलको समर्थन रहेको छ । जसपा नेपाल, माओवादी केन्द्र, जनमत, नेकपा एस र नागरिक उन्नमुक्ति पार्टीको समर्थनमा सोनलले दाबी पेस गरेका थिए ।
कांग्रेसले पनि नेकपा एमाले र जनमतको समर्थन आफूलाई रहेको भन्दै नयाँ सरकार गठनको लागि दाबी पेस गरेको थियो । तर जनमतका संसदीय दलका नेता महेश यादवले आफ्नो पार्टीको समर्थन लोसपालाई रहेको भन्दै प्रदेश प्रमुखलाई पत्राचार गरेका थिए ।
कांग्रेसले भने जनमत पार्टी अधिकारिक रूपमा फुटिसकेको अवस्थामा महेश यादव दलको नेता नरहेको भन्दै सांसदहरूको सनाखत हुनुपर्ने माग गरेपछि प्रदेश प्रमुख कार्यालयमा केही समय तनाव उत्पन्न भएको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




