मुख्य समाचार

आज पनि जारी रहनेछ एमालेको केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०को १०औँ केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा जारी बैठक आज बिहान ८ बजेदेखि पुनः सुरु हुनेछ ।

बुधबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा पहिलो दिन ५० जना केन्द्रीय सदस्यले धारणा राखेको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

उहाँका अनुसार पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा प्रस्तुत गरेको राजनीतिक परिस्थिति र हाम्रो नीतिसम्बन्धी प्रतिवेदनमाथि केन्द्रीय सदस्यले सुझाव राखिरहेको छ। केन्द्रीय सदस्यहरूले अन्तरिम सरकार, प्रतिनिधिसभा विघटनका सम्बन्धमा महत्त्वपूर्ण सुझाव दिइरहेको गौतमले बताउनुभयो।

राजनीतिक प्रतिवेदनमाथिको सुझाव दिनका लागि केन्द्रीय सदस्यलाई तीन मिनेटको समय तोकिएको छ । प्रचार विभाग प्रमुख गौतमले तीन मिनेटभित्र राख्न नसकेको कुरा लिखित रूपमा प्रस्तुत गर्न अनुरोध गरिएको बताउनुभयो।

बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन पोखरामा आयोजना गर्ने प्रस्ताव गरिएको छ । जारी बैठक भोलि समापन गर्ने तयारी छ ।

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...