सरकारले फिर्ता बोलायो राजनीतिक भागबन्डामा राजदूतहरू
काठमाडौं। सरकारले अमेरिका र चीनसहित विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई फिर्ता बोलाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो।
खरेलका अनुसार २० कात्तिकभित्र फर्किसक्न निर्देशन राजदूतहरूलाई निर्देशन दिइएको छ । सरकारले साउदीअरब, कतार, इजरायल, रुस, जर्मनी, चीन, बेलायत, जापान र अमेरिकाका राजदूतहरूलाई फिर्ता बोलाएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले साउन २०८१ मा विभिन्न ११ देशमा राजदूत सिफारिस गर्नुभएको थियो। ओलीभन्दा पहिलाका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिफारिस गरेका ११ जना राजदूतको नाम फिर्ता लिएर ओलीले नयाँ व्यक्तिलाई राजदूत सिफारिस गर्नुभएको थियो,
सरकारले राजनीतिक कोटाबाट नियुक्त भएका राजदूतलाई मात्रै फिर्ता बोलाएको छ । राजदूत नियुक्त गर्दा आधा कर्मचारी र आधा राजनीतिक कोटाबाट नियुक्त गर्ने प्रचलन छ । सोहीकारण परराष्ट्र मन्त्रालयका कर्मचारीको कोटाबाट नभई राजनीतिक कोटाबाट नियुक्त भएका राजदूत फिर्ता गरिएको हो ।
अघिल्लो सरकारले कांग्रेस र एमालेको भाग लगाएर राजदूत नियुक्त गरेको थियो । भारतका लागि राजदूत कांग्रेसको भागमा परेको थियो। अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्र घिमिरे, चीनका लागि कृष्णप्रसाद ओली एमालेको भागबाट हुनुभएको थियो। त्यसैगरी, दक्षिण कोरियामा शिवमाया तुम्बाहाम्फे एमालेको कोटाबाट र अस्ट्रेलियामा चित्रलेखा यादव भने कांग्रेसको कोटाबाट राजदूत नियुक्त हुनुभएको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




