मुख्य समाचार

जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा लिने निर्णय

काठमाडौं। जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको आगजनीका कारण जलेर नष्ट भएका उत्तरपुस्तिकाको पुनः परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा, प्रमाणपत्र र प्रि-डिप्लोमा तहका स्थगित तथा नष्ट भएका परीक्षाहरूका लागि नयाँ परीक्षा लिने निर्णय गरेको हो।

परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार जारी गरेको सूचनामा परीक्षाफल सुरक्षित राख्न प्रहरी कार्यालयहरूमा राखिएका उत्तरपुस्तिकाहरू मुलुकमा उत्पन्न विषम परिस्थितिका कारण आगजनीमा परी नष्ट भएको उल्लेख गरिएको छ।

परीक्षा समितिको असोज १० गतेको निर्णयअनुसार स्थगन गरिएका परीक्षा मंसिर ३० गतेदेखि सञ्चालन हुने छन् भने जलेर नष्ट भएका उत्तरपुस्तिकाहरूको पुनः परीक्षा मंसिर ४ गतेदेखि हुने बताइएको छ।

परीक्षाहरू बिहान ७ बजेबाट सुरु हुने र विस्तृत परीक्षा तालिका परिषद्को वेबसाइटमा उपलब्ध रहेको परिषद्ले जनाएको छ।

परिषद्ले नष्ट भएका उत्तरपुस्तिकाहरूको विस्तृत विवरण पनि यसअघि नै प्रकाशित गरिसकेको छ ।

सम्बन्धित समाचार

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...

ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत

ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत

काठमाडौं। जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही...

एमाले नेता कर्ण मल्ल पक्राउ

एमाले नेता कर्ण मल्ल पक्राउ

काठमाडौँ।  बलात्कार आरोपमा एमाले नेता तथा पूर्व सांसद कर्णबहादुर मल्ल पक्राउ परेका छन् । मल्ललाई शनिबार ललितपुर प्रहरीको टोलीले...

दाउन्नेमा  दुर्घटना, तीन जनाको मृत्यु

दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु

नवलपरासी । नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला...