मङ्लबार, मंसिर २, २०८२
English
Follow us:

जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा लिने निर्णय

जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा लिने निर्णय

  • खबर सेवा

  • शुक्रबार, अशोज ३१, २०८२

  • 91
    SHARES
जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा लिने निर्णय

काठमाडौं। जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको आगजनीका कारण जलेर नष्ट भएका उत्तरपुस्तिकाको पुनः परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा, प्रमाणपत्र र प्रि-डिप्लोमा तहका स्थगित तथा नष्ट भएका परीक्षाहरूका लागि नयाँ परीक्षा लिने निर्णय गरेको हो।

परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार जारी गरेको सूचनामा परीक्षाफल सुरक्षित राख्न प्रहरी कार्यालयहरूमा राखिएका उत्तरपुस्तिकाहरू मुलुकमा उत्पन्न विषम परिस्थितिका कारण आगजनीमा परी नष्ट भएको उल्लेख गरिएको छ।

परीक्षा समितिको असोज १० गतेको निर्णयअनुसार स्थगन गरिएका परीक्षा मंसिर ३० गतेदेखि सञ्चालन हुने छन् भने जलेर नष्ट भएका उत्तरपुस्तिकाहरूको पुनः परीक्षा मंसिर ४ गतेदेखि हुने बताइएको छ।

परीक्षाहरू बिहान ७ बजेबाट सुरु हुने र विस्तृत परीक्षा तालिका परिषद्को वेबसाइटमा उपलब्ध रहेको परिषद्ले जनाएको छ।

परिषद्ले नष्ट भएका उत्तरपुस्तिकाहरूको विस्तृत विवरण पनि यसअघि नै प्रकाशित गरिसकेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology