नेपाल प्रहरीलाई जेन जी आन्दोलनले ठूलो क्षति पुर्यायो: गृहमन्त्री
काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई पर्याप्त श्रोत, साधन उपलब्ध भए आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन गराउने कार्य प्रभावित हुनेमा सरकार शतर्क रहेको बताउनुभएको छ ।
शुक्रवार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रहरीलाई साधन, श्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्ने बताउनु भयो ।
उहाँले सरकारले प्रहरीलाई श्रोत, साधन उपलब्ध गराउन तत्काल आवश्यक कदम अघि बढाउने बताउनुभयो । नेपाल प्रहरी कानून कार्यान्वयनमा अग्र पंक्तिमा रहने र सरकारप्रतिको धारणा र प्रतिक्रियामा समेत निशानामा पर्ने संगठन रहेको बताउनु भयो । गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिविम्व भएको जिकिर गर्नुभयो ।
जेन—जी आन्दोलनका क्रममा प्रहरीका सांगठनिकदेखि व्यक्तिगत सामानहरु पनि लुटपाट र आगजनी भएको र श्रोत साधनको अभाव रहेको प्रहरी संगठनका साथै आम नागरिकमा समेत यसको प्रत्यक्ष प्रभाव परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘समाजका हरेक घटनामा प्रहरीले नै फस्र्ट रेस्पोण्डरको रुपमा काम गर्ने र कानून कार्यान्वयनमा प्रहरी नै अग्र पंक्तिमा रहने कारणले प्रहरीको काम कारबाहीको सम्बन्धमा मात्रै नभइ सरकारप्रतिको धारणा र सोको प्रतिक्रियामा समेत प्रहरी निशानामा पर्ने गर्दछ । यही भाद्र २३ र २४ गतेको बिरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिविम्व हो । जसमा नेपाल प्रहरीका होनहार तीन जना प्रहरी कर्मचारीले जीवन उत्सर्ग गर्नुभएको छ । साथै प्रहरीका सांगठनिकदेखि व्यक्तिगत सामानहरु पनि लुटपाट र आगजनी भएका छन् ।”
उहाँले अभाव झन त्यसमा पनि यस किसिमको क्षतिले नेपाल प्रहरीलाई मात्रै होइन, आम नागरिकको जीवनमा पनि प्रभाव पारेको छ । न्यून साधन, श्रोतबाट कार्य सम्पादन गर्दै आइरहेको नेपाल प्रहरीलाई यस आन्दोलनले निकै ठूलो क्षति पुर्याएको बताउनुभयो ।
‘आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने दायित्व पनि छ । शान्ति सुरक्षाको लागि महत्वपूर्ण जिम्मेवारी लिएको नेपाल प्रहरी संगठनलाई पर्याप्त श्रोत, साधन उपलब्ध नभएमा कार्य सम्पादन प्रभावित हुनेमा गृह मन्त्रालयर वर्तमान सरकार सचेत रहेको छ,’ अर्यालले भन्नुभयो, ‘प्रहरीलाई साधन, श्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्नेछ र नेपाल सरकारले यसका लागि तत्काल आवश्यक कदम अघि बढाउनेछ भन्ने विश्वास समेत दिलाउन चाहन्छु ।’
गृहमन्त्री अर्यालले बढ्दो प्रविधिसँगै नयाँ प्रकृतिका अपराधका गतिविधि मौलाएको बताउनु भयो । यसले अपराध अनुसन्धान कार्य थप चुनौतिपूर्ण बन्दै गएको बताउनु भयो । नेपाल प्रहरीलाई साधन, श्रोतले सुसज्जित बनाइ देश र नागरिक सुरक्षा सुदृढ बनाउनु गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताउनु भयो ।-न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...




