महानगरको दमकल ढिलाइ बारे कार्यपालिकामा उठ्यो प्रश्न
काठमाडौं। जेनजी आन्दोलनका क्रममा आगजनी भएको स्थानमा समयमै नपुगेको विषयमा वडाध्यक्षहरूले प्रश्न उठाएका छन्।
काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा बोल्दै वडा ७ का बिमल कुमार होडा र वडा २० का राजेन्द्र मानन्धरले बैठकमा आपत्ति जनाउँदै, घटनाबारे समीक्षा र खेद प्रस्ताव पेश गर्नुपर्ने बताए। वडाध्यक्षहरूले सिंहदरबार जलेर खरानी हुनु र अन्य सम्पदामा क्षति भएको घटनालाई लिएर महानगरको तत्परता र योजना कमजोर भएको उल्लेख गरे।
महानगर प्रहरी एसपी र विपद व्यवस्थापन समितिका संयोजक बिष्णु प्रसाद जोशीले जवाफ दिँदै भने, २३ गते बिहान शान्तिनगर, पोल र सुन्धारामा आगलागी नियन्त्रणमा महानगरकै दमकलले प्रयास गरेको थियो। सिंहदरबार आगो निभाउन दमकल बसन्तपुर र चाबहिलबाट मुभ गर्न ढुंगामुढा र अवरोध आएपछि आर्मीको सहयोग लिनुपरेको थियो। ८ बजेर १५ मिनेटमा सिंहदरबारमा दमकल पुगेको र आगो निभाउन लगातार प्रयास गरिएको उनले बताए।
जोशीले हिल्टन होटल बाहेक अन्य स्थानमा महानगरकै दमकलले आगो नियन्त्रण गरेको र ललितपुरबाट थप दमकल बोलाइएको जानकारी पनि दिएका छन्। उनले ५ वटा दमकल सक्रियरूपमा परिचालन गरिएको र अवरोधका कारण केही ढिलाइ भएको स्पष्ट पारे। वडाध्यक्षहरूले अब भविष्यमा विपद् व्यवस्थापनमा सुधार र तत्परता सुनिश्चित गर्न सुझाव दिएका छन्।
४३ औं नगर कार्यपालिका बैठक (लाइभ)
https://www.facebook.com/kathmandumetropolitan/videos/3231424253678583
ताजा अपडेट
-
१.
प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी
-
२.
काँग्रेस सभापति थापाले पदबाट राजीनामा दिनुपर्छः जितजंग बस्नेत
-
३.
आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति
-
४.
सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
-
५.
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
ट्रेन्डिङ
सम्बन्धित समाचार
रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा
काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...
निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...
सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ
काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...
धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ
धनुषा. धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन...




