प्रहरी उपरिक्षक गोविन्द पुरीलाई उत्कृष्ट प्रहरी कार्य पुरस्कार
काठमाडौँ। ७० औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले विधागत उत्कृष्ट प्रहरीलाई सम्मान गरेको छ । आज हेटौंडास्थित प्रदेश प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा चितवन प्रहरी प्रमुख, प्रहरी उपरिक्षक गोवीन्द पुरीलाई पुरस्कृत गरिएको छ । पुरीलाई “उत्कृष्ट प्रहरी कार्य पुरस्कार” विधाबाट पुरस्कृत गरिएको हो ।
नेपाल प्रहरीको पेशागत मर्यादालाई आत्मसाथ गर्दै, सुरक्षित समाज निर्माणको पवित्र लक्ष्य प्राप्तिमा कुशल व्यवसायीक क्षमता प्रर्दशन गरी उत्कृष्ट रुपमा कार्यालय सञ्चालन तथा व्यवस्थापन गर्न सफल भएको भन्दै उहाँलाई पुरस्कृत गरिएको हो । उहाँले प्राप्त गर्नुभएको सम्मान पत्रमा जिल्लाको समग्र शान्ति सुरक्षा, अपराध, अनुसन्धानका साथै विपद् जोखिम न्यूनिकरण एवंम व्यवस्थापनमा महत्वपूर्ण योगदान गरीएका कारण उत्कष्ट प्रहरीको रुपमा पुरस्कृत गरिएको उल्लेख छ ।
साथै सोही अवसरमा ईलाका प्रहरी कार्यालय मुग्लिन प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक प्रतिक सिंहलाई पनि सम्मान गरिएको छ । शान्ति सुरक्षा, अपराध अनुसन्धानका साथै कुशल व्यवसायिक क्षमता प्रदर्शन गरी विपद जोखिम न्यूनिकरण एवं व्यवस्थापनमा योगदान पुर्याएको भन्दै उहाँलाई सम्मान गरिएको हो । उहाँले नारायणगढ मुग्लिन सडक खण्डमा आएको पहिरोमा परेका यात्रुहरुको उद्धार र सेवामा खटिएर यात्रुहरुलाई गन्तव्यमा सकुसल पुग्नको लागि सहयोग गदै आउनु भएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...




