मुख्य समाचार

पार्टी महाधिवेशन मंसिरभित्रै हुनुपर्छः कांग्रेसका विशेष महाधिवेशन पक्षधर

काठमाडौँ। नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताहरुले पार्टी महाधिवेशन अविलम्व हुनुपर्ने माग गरेका छन्। आइतबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हस्ताक्षर पक्षधरहरुले यस्तो माग गेका हुन् । उनीहरुले केन्द्रिय समितिले बैठक अस्वभाविक रुपमा लम्ब्याएको आरोप लगाएका छन्।

महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले केन्द्रिय समितिको बैठक अनिश्चित देखिनुले पदाधिकारीहरुसहित केन्द्रिय समितिको मनशाय महाधिवेशन नगर्ने र आफ्नो म्याद थप्नेतर्फ उद्यत रहेको देखिएको बताउनुभयो। वर्तमान केन्द्रिय समितिको यस्तो प्रवृत्ति आपत्तिजनक रहेको बताउनुभयो।

कुनैपनि कारण देखाएर महाधिवेशन प्रतिनिधिहरुको अवमूल्यन गर्ने र महाधिवेशन टार्ने कार्य स्वीकार्य नहुने बताउनु भयो । पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएको केन्द्रिय समितिको असफलताको मानक नेपाली राजनीतिमा भएका घटनाहरुले पुष्टि गरेको जिकिर गर्नुभयो। केन्द्रिय कार्यसमितिले आफ्नो म्याद थपरेर पार्टीको नेतृत्व गर्ने धरातल गुमाइसकेको टिप्पणी गर्नुभयो । आगामी निर्वाचनमा जानुपर्ने आवश्यकता महशुस गरी विशेष महाधिवेशन माग गरिएको स्पष्ट पार्नुभयो।

आफूहरुको मागप्रति गम्भीर रही महाधिवेशनतर्फ अग्रसर हुन सचेत गराउनु भयो । आगामी मंसिरभित्र विधिवत महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन आजको आवश्यकता भएको बताउनुभयो। उहाँले केन्द्रिय कार्य समिति पार्टीको मूल जिम्मेवारीबाट भाग्न खोजेको र बरालिएको महशुस आफूहरुले गरेको बताउनु भयो । उहाँले विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष, स्वभाविक आवश्यकताको रुपमा महशुस गरी कार्यान्वयनतर्फ अघि बढ्न माग गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरु घिमिरेले भदौ २३ र २४ का तोडफोड, आगजनीका उग्र क्रियाकलापका पक्षधर आफूहरु नभएको बताउनुभयो। उहाँले आगजनी र तोडफोड, लुटपाटका क्रियाकलापहरु निन्दनीय रहेको बताउनुभयो।

मंसिर मसान्तभित्र महाधिवेशन गर्नैपर्ने बताउनु भयो । २०४६ साल यता नेतृत्व गर्दा र जनताले बारम्बार दिएको जिम्मेवारी, हरेक निर्वाचनमा प्राप्त गरेको समर्थनलाई दृष्टिगत गर्दा हामीबाट पनि कमजोरी भएको कुरा महशुस गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भदौ २३ र २४ का घटनाहरुले हामीलाई सधैँ बिझाइरहनेछ । तोडफोड, आगजनीका उग्र क्रियाकलापका पक्षधर हामी होइनौँ । ति क्रियाकलापहरु निन्दनिय छन् । त्यो घटनाले विश्व राजनीतिमा मानक खडा गरेको छ । अब कसरी जाने भन्ने छलफल गरेका छौँ । मंसिर मसान्तभित्र महाधिवेशन गर्नैपर्छ । नेतृत्व बदल्नैपर्छ । २०४६ साल यता नेतृत्व गर्दा र जनताले बारम्बार दिएको जिम्मेवारी, हरेक निर्वाचनमा प्राप्त गरेको समर्थनलाई दृष्टिगत गर्दा हामीबाट पनि कमजोरी भयो की? यो भदौ २३ र २४ को घटनासम्म आइपुग्दा हाम्रा यि कमजोरीहरु कारक छन् की ।’

गत असोज २९ गते नेपाली कांग्रेसका केन्द्रिय कार्यालयमा पुगेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई १४ औं महाधिवेशनका २ हजार ४ स्य ८८ प्रतिनिधिहरुले हस्ताक्षरसहितको निवेदन बुझाएका थिए । बदलिँदो राजनीतिक परिवेशलाई आत्मसाथ गर्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरुले पार्टीको विधानको धारा १७९२० बमोजिम महाधवेशनको माग गरेको बताएका छन् ।

सम्बन्धित समाचार

भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम

भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम

काठमाडौं । भारतको नागरिक उड्डयन नियामक निकाय (डिजीसीए)ले हवाई टिकट फिर्ता र रद्दसम्बन्धी नियममा यात्रुहरूको हितमा महत्त्वपूर्ण परिवर्तन गरेको...

दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा

दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम बिहीबार सम्पन्न खेलमा दक्षिण...

६ महिनामा सात प्रतिशतले बढ्यो वायुसेवा निगमको आम्दानी

६ महिनामा सात प्रतिशतले बढ्यो वायुसेवा निगमको आम्दानी

काठमाडौँ। नेपाल वायुसेवा निगमको अर्धवार्षिक कार्यसम्पादनमा उत्साहजनक सुधार देखिएको छ। चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको आम्दानी र यात्रु सङ्ख्या...

परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा

परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त भएको बताउनुभएको छ। बिहीवार सुर्खेतमा...