अमित खनालको विचारमा यी हुन् जेन–जेड आन्दोलन माग, नेतृत्व र योजना
नेपालमा भदौ २३–२४ गते १३–२७ वर्ष उमेर समूहका जेन–जेड युवाहरूले भ्रष्टाचारको बिरोध र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको बिरोधमा संयुक्त रूपमा ठूलो आन्दोलन सञ्चालन गरेका थिए।
यस आन्दोलनका क्रममा ७६ जनाको ज्यान गयो। आन्दोलनपछि केपी ओली नेतृत्वको सरकारले अन्त्य भयो र पूर्व प्रधानन्यायधीस सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री हुनुभयो। तर, सरकार बनेको एक महिना बढी हुँदा पनि अन्योलता उस्तै छ।
मुख्यगरी जेनजी आन्दोलनका अभियान्ता विभाजत हुँदा खास अन्योलता छाएको हो। कसैले पार्टी खोल्न थालेका छन् भने कोही राजनीतिक प्रणाली कस्तो हुने भन्नेमा फरक धारणा राख्दै आएका छन्।
जेनजी आन्दोलनका अभियान्ता मध्ये एक युवा अमित खनालले खबरसेवासँग कुरानकानी गर्दै आफ्ना विषय राख्नुभएको छ। उनले प्रत्यक्ष कार्यकारी वा संसदीय व्यवस्थाबारे आफ्नो दृष्टिकोण स्पष्ट पार्दै भन्नुभयो “कुनै पनि व्यवस्था ठिक वा बेठिक भन्ने हामी २०–२५ जना सदस्यले भनेर मात्रै हुँदैन। जनताले जुन व्यवस्थामा बहुमत वा सहमति जनाउँछन्, त्यही लागू हुनुपर्छ। हामी जनताको निर्णय आत्मसाथ गर्छौं।‘
आगामी फागुन २१ मा हुने निर्वाचनबारे खनालले भन्नुभयो, ‘जेन–जेड अलायन्सको अहिले कुनै नयाँ राजनीतिक पार्टी खोल्ने योजना छैन। आगामी चुनावमा योग्य, युवा र स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने हाम्रो तयारी छ।‘
अन्तरिम प्रधानमन्त्री शुसीला कार्की नेतृत्वमा गठन भएको वर्तमान सरकारले जेन–जेडको मागलाई सीमित तर समन्वयपूर्ण रूपमा सम्बोधन गरिरहेको खनालले बताउनुभयो। उहाँले भन्नुभयो, ‘यो अन्तरिम सरकार हो, संसद नभएकाले र देशको विषम परिस्थितिमा गठन भएकाले सिमित परिधिमा काम गर्नुपर्छ। प्रधानमन्त्रीले सबै पक्षसँग समन्वय गर्दै निर्णयहरू अगाडि बढाइरहनुभएको छ।‘
खनालको अलायन्सले अन्य जेन–जेड समूहहरू जस्तै सुदन गुरुङ र मिराज ढुंगानले भबिस्यमा सहकार्य गर्नका लागि संघीयता, धर्म निरपेक्षता, समावेशिता, गणतन्त्र र लोकतन्त्र को आत्मसाथ गरे मात्र सम्भव रहेको जिकिर गर्नु भयो।
यी मूल्यहरू आत्मसाथ गर्ने भए मात्र भविष्यमा सहकार्य हुने उहाँले स्पष्ट पार्नुभयो। नेपालमा भदौ २३–२४ को आन्दोलनपछि विभिन्न युवा अगुवाहरू उदाएका छन्। केही नेता २८ वर्ष उमेर समूहभन्दा बाहिर भएपनि उनीहरूको सक्रियता र नेतृत्वले जेन–जेड आन्दोलनलाई राजनीतिक र सामाजिक रूपले प्रभावशाली बनाएको छ।
सुदन गुरुङ ३६ वर्षको हुनुहुन्छ र उहाँ हामी नेपाल एनजीओका सञ्चालक रहनु भएको छ । तर गुरुङको समूह संविधान र कानुनी विषयमा स्पष्ट दृष्टिकोण देखिँदैन।
अर्का अगुवा मिराज ढुंगानाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था आएपछि मात्रै निर्वाचन हुनुपर्ने बताउनु भएको छ। मिरजले पार्टी नै गठन गर्ने सार्वजनिक गर्नुभएको छ। तर, उहाँको प्रस्ताव संविधानको दायराभन्दा बाहिर रहेकाले कार्यान्वयन गर्न कठिन देखिन्छ।
यो आन्दोलनले जेन–जेडको राजनीतिक चेतना र भविष्यको नेपाल निर्माणमा युवाले नेतृत्व लिने बताइरहेका छन्। त्यसका लागि उनीहरु एक भएर चुनावमा जानुपर्छ र आफ्नो योजना कार्यन्वयन गर्नुपर्ने हुन्छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...




