मुख्य समाचार

राजसंस्था पक्षधरसहितका शक्तिसँग छलफल गरेर राजनीतिक निकास निकाल्नुपर्छ : गोपालमान श्रेष्ठ

काठमाडौं। नेपाली काँग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले लोकतन्त्रमा फरक मतको सम्मान अपरिहार्य हुने बताउँदै राजसंस्थासहित सबै पक्षसँग संवाद गरेर हाल देखिएको राजनीतिक समस्या हल गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार राजधानी काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँल यस्तो बताउनुभएको हो । जेन–जी पुस्तादेखि परम्परागत राजनीतिक दलहरुको विचारलाई स्वीकार गर्ने शाहस राजनीतिक दलहरूले देखाउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले जेनजी आन्दोलनका मागहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औंल्याउँदै उत्पन्न समस्याको समाधान संवाद, सहकार्य र सहअस्तित्वबाट खोजिनुपर्नेमा जोड दिनुभयो । परम्परागत राजनीतिक शक्तिहरूलाई समेत आत्मसात गर्दै सबै पक्षसँग संवादमार्फत राजनीतिक निकास खोज्न ढिला गर्दा मुलुकमा बाहिरी शक्तिको हस्तक्षेप बढ्ने चेतावनी दिनुभयो ।

उहाँले अहिलेको सरकारले लोकतन्त्रको नाममा राजनीतिक दलहरुलाई निषेश गर्ने नीति लिएको भन्दै आपत्ति समेत जनाउनु भयो। लोकतन्त्रको नाममा एनजीओहरूले राजनीतिक दलहरूलाई विस्थापित गर्ने प्रपञ्च चलिरहेको उल्लेख गर्दै उहाँले यो कार्य लोकतन्त्र, राष्ट्रियता र स्वाधीनतामाथिको खतरा भएको बताउनुभयो।

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...