कटारीमा मोटरसाइकल दुर्घटनामा किशोरको ज्यान गयो
उदयपुर। उदयपुरको कटारी नगरपालिका-४ स्थित मदनभण्डारीमार्गको ककरु खेलामा मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ। दुर्घटनामा परी एक जनाको अवस्था गम्भीर रहेको छ।
इलाका प्रहरी कार्यालय कटारीका अनुसार मोटसाइकल दुर्घटनामा मृत्यु हुने कटारी–४ का १६ वर्षीय सम्राट खड्का रहेका छन् भने अर्का घाइते सोही स्थान बस्ने १८ वर्षीय राजमणि कटुवाल रहेका छन्।
आइतबार राति ११ बजे कटारीबाट सिन्धुली जाँदै गरेको बागमती प्रदेश ०२-०५४ प ६९९० नम्बरको मोटरसाइकल ककरु खेला नजिकै ओभरस्पिडका कारण अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईं जानकारी दिनुभयो।
मोटरसाइकलमा सवार चालक खड्का र मोटरसाइकल पछाडि बसेका कटवाल दुवैको अवस्था गम्भीर भएकाले तत्काल प्रादेशिक अस्पताल कटारीमा ल्याएर उपचार गर्ने क्रममा खड्काको कटारी अस्पतालमा नै मृत्यु भएको इप्रका कटारीले प्रहरीले बताएको छ।
अर्का कटवालको थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा पठाइएको र हाल उपचार भइरहे पनि अवस्था गम्भीर रहेको इलाका प्रहरी कटारीले बताएको छ। खड्काको शवपरीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको इप्रका कटारीको भनाइ छ। रासस
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु
भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
काठमाडौँ। साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...
सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ
काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...
जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...




