काठमाडौं।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताउनुभएको छ।
मन्त्रालयमा सोमवार पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वविद्यालयलाई राम्रो बनाउनको लागि राजनितिकरण निर्मूल पार्नुपर्ने बताउनुभयो।
त्यसको लागि शुरुवातमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउनुपर्ने उहाँलको भनाई छ । उहाँले बोर्ड अफ ट्रष्टी गठन गरेर विश्वविद्यालयको कुलपति छान्ने व्यवस्था गर्न आवश्यक रहेको बताउनु भयो।
त्यसको लागि कानून संशोधन गर्नुपर्ने उहाँले बताउनु भयो । तर हाल कानून संसोधन गर्न नसकिने र अध्यादेश पनि ल्याउन नमिल्ने उहाँको भनाई छ ।