मुख्य समाचार

राष्ट्रिय सरोकारका विषयमा विचार–विमर्श गर्दै समाधान खोज्ने प्रयास गर्नुपर्छ : उपाध्यक्ष घिमिरे

काठमाडौँ। राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले वर्तमान राष्ट्रिय तथा राजनीतिक परिस्थितिमा राष्ट्रियसभाको बैठक शीघ्र आह्वान गरी राष्ट्रिय सरोकारका विषयमा विचार–विमर्श, सहमति र समाधान खोज्ने प्रयास गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
उपाध्यक्ष घिमिरेले शुभ दीपावली (तिहार) २०८२ तथा नेपाल संवत् ११४६ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी र आमाबाबुप्रति सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै उक्त भनाइ राख्नुभएको हो।
“जनआवाजलाई प्रभावकारी बनाउन, नीति निर्माण र सरकारका कार्यमा संसदीय अनुगमन सुदृढ गर्न राष्ट्रियसभाको सक्रियता अझ बढ्नुपर्छ भन्ने विश्वास लिन्छु,” उहाँले भन्नुभयो।
नेपाल संवत् ११४६ को आगमनले हाम्रो मौलिक ऐतिहासिक परम्पराको स्मरण गराउने उल्लेख गर्दै उपाध्यक्ष घिमिरेले राष्ट्रिय विभूति शंखधर साख्वाले लिच्छवीकालीन राजा राघवदेवको समयमा गरिब र किसानलाई ऋणमुक्त गराई नेपाल संवत् प्रचलनमा ल्याउनुभएको ऐतिहासिक योगदानको प्रशंसा गर्नुभयो।
उहाँका अनुसार विशेषगरी काठमाडौँ, भक्तपुर, ललितपुर लगायत नेवार समुदायको बाहुल्य भएका क्षेत्रमा भव्यतापूर्वक मनाइने यो संवत्ले केवल इतिहासलाई मात्र होइन, सामाजिक न्याय र समानताको मूल भावनालाई पनि बलियो बनाउने काम गरेको छ।
“नेपालको बहुल संस्कृतिमा आधारित चाडपर्वहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वलाई मजबुत बनाएका छन्। चाडपर्वहरू हाम्रो पहिचान, ऐक्यबद्धता र साझा मूल्यलाई जगाउने माध्यम बनेका छन्,” उपाध्यक्ष घिमिरेले बताउनुभयो।
संविधानले निर्दिष्ट गरेको संसदीय शासन प्रणालीमा संसद राष्ट्रको सर्वोच्च नीति निर्माण निकायका रूपमा स्थापित रहेको उल्लेख गर्दै उहाँले त्यसको स्थायित्व र गरिमा जोगाउन राष्ट्रियसभाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।
राष्ट्रियसभाले विधायन, नीतिगत सुझाव, तथा राष्ट्रिय मूल्य र मान्यताहरूको शुद्धीकरणमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ।

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...