मुख्य समाचार

दानीखेतमा जिप दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं। दार्चुलाको मार्मा गाउँपालिका–३, दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सुपप्र ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी जिपका मालिक ३४ वर्षीय करविरसिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिनुभयो।

जिप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ । जिप चालकको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

सम्बन्धित समाचार

३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस

३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस

काठमाडौँ। तीन दर्जनभन्दा बढी संस्थाबारे पुनरावलोकन गर्न सरकारलाई एक उच्चस्तरीय अध्ययन समितिले सिफारिस गरेको छ । सुशासन मार्गचित्र अध्ययन...

इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन

इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन

इरानमाथि अमेरिकी र इजरायली सैन्य कारबाहीको विरोध गर्दै विश्वभर ठूलो मात्रामा विरोध प्रदर्शनहरू भएका छन् । लण्डनदेखि सिड्नी, एथेन्सदेखि...

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा ३ जना पत्रकारको मृत्यु

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा ३ जना पत्रकारको मृत्यु

लेबनानी अधिकारीहरूकाअनुसार दक्षिणी लेबनानको जेज्जिनमा चार जना सवार एक कारमा इजरायलले गरेको हवाई आक्रमणमा तीन जना पत्रकारको मृत्यु भएको...

सुडानमा ड्रोन आक्रमणः १४ जनाको मृत्यु, २३ घाइते

सुडानमा ड्रोन आक्रमणः १४ जनाको मृत्यु, २३ घाइते

सुडानको दक्षिण कोर्डोफान राज्यको डिलिङ शहरमा अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेस’ र त्यसको सहयोगी समूहले गरेको ड्रोन आक्रमणमा १४...