बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्रो साता बस्ने तयारी
बागमती। लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिकको तेस्रो साता बस्ने तयारी भइरहेको छ।
प्रदेश उपसभामुख अप्सरा चापागाईंका अनुसार छठ पर्वपछि प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ। प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिनुभयो। छलफलपछि बैठकको मिति औपचारिक रूपमा तय हुने बताइएको छ।
जेनजी प्रदर्शनका क्रममा प्रदेशसभाको सभाहलमा भएको तोडफोड र आगजनीका कारण बैठक अहिले हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री कार्यालयको सभाहलमा अस्थायी रूपमा सञ्चालन गरिनेछ। प्रदेश सरकारले उक्त सभाहलको सामान्य मर्मत र व्यवस्थापन सुरु गरेको छ।
प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार, “अहिले मर्मत सम्भार, सरसफाइ र व्यवस्थापनको काम भइरहेको छ। रङ्ग लगाउने, फर्निचर व्यवस्थापन र विद्युतीकरणको काम तीव्र गतिमा अघि बढिरहेको छ।”
बैठक सञ्चालनका लागि आवश्यक फर्निचर र अन्य प्राविधिक सामग्री तत्काल भाडामा लिएर वा अस्थायी रूपमा व्यवस्थापन गरिने छ। आगजनीबाट जोगिएका ल्यापटप र डेस्कटप कम्प्युटरमार्फत बैठक प्रारम्भ गर्ने तयारी पनि भइरहेको सचिव पौडेलले जानकारी दिनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...




