मुख्य समाचार

उपसभामुखद्वारा निर्वाचनलाई महत्त्वपूर्ण अवसरको व्रतालु उपयोग गर्न आग्रह

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले आगामी फागुन २१ गते हुने निर्वाचन मार्फत देशलाई लोकतान्त्रिक मूल्य र जनमतका माध्यमबाट अझै सशक्त बनाउने महत्त्वपूर्ण अवसरका रुपमा उपयोग गर्न व्रतालुलाई आग्रह गर्नुभएको छ ।

उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्व–२०८२ का पावन अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै उहाँले सो आग्रह गर्नुभएको हो । उहाँले भन्नुभएको छ, “छठ पर्वको अवसरमा हामी सबैले एक–अर्काप्रति हार्दिकता, आदर र सहकार्यको भावना बढाउँदै लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको संरक्षण गर्ने सङ्कल्प लिनुपर्छ ।”

नेपाल विविध भाषा, संस्कृति र धर्मसँगै बसोबास गर्ने समुदायको साझा घर भएको उल्लेख गर्दै उहाँले हरेक समुदायले आफ्नो आस्थाअनुसार चाडपर्वहरू मनाउनु र अन्य समुदायका पर्वहरूमा हार्दिकतापूर्वक सहभागी हुनु हाम्रो एकताको सुन्दर परिचय भएको बताउनुभएको छ । नेपालको संविधानले यस्तै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विविधतालाई आत्मसात गर्दै सबै नागरिकबीच सम्मान र एकताको भावना स्थापनाको आधार तयार गरेको उपसभामसुख रानाको भनाइ छ ।

पारिवारिक सुख, शान्ति र कल्याणको कामना गर्दै सूर्य देवताको आराधना गर्ने यो पर्व अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर प्रकृति, जीवन र श्रमप्रति आस्था प्रकट गर्ने हाम्रो मौलिक सांस्कृतिक परम्पराको प्रतीक हो । छठ पर्वले हाम्रो व्यक्तिगत र सामाजिक जीवनमा प्रकाश, आशा र सकारात्मक ऊर्जा भर्ने पर्व हो । सन्देशमा भनिएको छ, “छठ पर्वले हामी सबैमा एकता, आपसी सद्भाव, सहकार्य र देशप्रतिको निष्ठाको भावना जगाओस्, राजनीतिक स्थिरता, विश्वसनीयता र सुशासन स्थापना गर्दै समुन्नत नेपाल निर्माण गर्ने मार्गमा हामी सबैलाई प्रेरणा मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।” रासस

सम्बन्धित समाचार

सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी

सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी

काठमाडौँ। सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा ३५ हजार ६८८ मत ल्याउँदै सिंह...

बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम

बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम

काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। आज (आइतबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम...

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...