मुख्य समाचार

जुम्लामा करिब एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध

जुम्लामा करिब एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध
रासस
जुम्ला। जिल्लामा करिब एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन्। हालसम्म स्वास्थ्य बीमा लागू भएदेखि एक लाख ४७३ जना नागरिकले स्वास्थ्य बीमामा नाम दर्ता गराएका छन्।
जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड कार्यालयका प्रमुख प्रेम भण्डारीका अनुसार बीमामा आबद्धमा ज्येष्ठ नागरिक ३,७२६, अति अशक्त अपाङ्ग ८७ र महिला स्वास्थ्य स्वयंसेविका २८८ जना रहेका छन्। “जिल्लाका १३ हजार बढी घरपरिवार बीमामा आबद्ध छन्। विसं २०७४ देखि जिल्लामा स्वास्थ्य बीमाको सेवा विस्तार भएको हो,” उहाँले बताउनुभयो।

भण्डारीका अनुसार बीमाको महत्वबारे जानकारी नहुँदा स्थानीयहरूलाई पहिले स्वास्थ्य बीमामा ध्यान थिएन। अहिले बीमा सहजकर्ताहरू घरदैलोमा गई नागरिकलाई बीमाबारे जानकारी दिएको कारण बीमामा आबद्ध हुनेहरूको संख्या बढेको छ।
सरकारले अपाङ्गता भएका, अशक्त, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, ज्येष्ठ नागरिक र अतिगरिब परिवारलाई निःशुल्क बीमा गरिरहेको छ भने अन्य नागरिकलाई शुल्क लिएर रु एक लाख बराबरको बीमा गरिन्छ।

स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन प्रत्येक वडामा रहेका दर्ता सहयोगीलाई घरदैलोमा पठाएर नागरिकलाई सहभागी गराउने अभियान पनि अघि बढाइरहेको छ।

सम्बन्धित समाचार

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

देवघाटमा देखियो घडियाल

देवघाटमा देखियो घडियाल

चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

काठमाडौँ। जनकपुरसहित मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदैछ । त्रेतायुगमा भगवान राम र माता सीताको क्रिडास्थल मानिने पवित्र मिथिला...