हतारमा पार्टी एकता नगर्न नारायणकाजीको आग्रह
काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले हतारमा पार्टी एकता नगर्न आग्रह गर्नुभएको छ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले हतार गरेर न समग्र एकता न सार्थक पुनःगठनको स्थिति नबनोस् भन्नेमा सचेत हुनुपर्ने धारणा राख्नुभएको हो।
‘नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक–सांस्कृतिक रूपान्तरण, एकीकरण र पुनःगठन आजको आवश्यकता हो र त्यस दिशामा सार्थक पहल समयको निर्देश हो। तर एकीकरण प्रक्रियालाई समग्र कम्युनिष्ट आन्दोलनले माग गरे अनुसारको रूपान्तरण र पुनःगठन सहितको एकीकरणको रूपमा अघि बढाउन सकिए मात्र त्यो औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुनेछ,’ उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको पार्टी एकता प्रक्रियालाई पनि यही कोणबाट हेरिनु पर्छ।’
पार्टीले एकीकृत समाजवादीसँग पार्टी एकता गर्न पहल गर्ने निर्णय गरेको उनले बताउनुभयो।
‘सम्बन्धित पार्टीहरू विभाजित भएर होइन, समष्टि रूपमा नै एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्छ। त्यस निम्ति धैर्यपूर्वक प्रयत्न गरौं। हतार गरेर न समग्र एकता न सार्थक पुनःगठनको स्थिति नबनोस् भन्नेमा सचेत होऔं,’ उहाँले भन्नुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...
हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी
काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...




