मुख्य समाचार

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि दिउँसो १ बजे बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्दैछ। जारी बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले आगामी राष्ट्रिय निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने धारणा राख्नुभयो।

पार्टीका प्रवक्ता प्रकाशशरण महतले केन्द्रीय सदस्यहरूले निर्वाचनलाई तत्कालीन प्राथमिकता दिँदै सरकारसँग सुरक्षा सुनिश्चित गर्न र तयारीमा जुट्न दबाब दिनुपर्ने सुझाव दिनुभएको छ।

‘संसद् विघटन र संवैधानिक व्यवस्थाबारे पनि छलफल भएको छ। धेरैजसो सदस्य नियमित महाधिवेशनमै जोड दिनुपर्ने पक्षमा हुनुहुन्छ। महाधिवेशन निर्वाचनअघि कि पछि भन्ने विषयमा बहस अझै जारी छ,’ प्रवक्ता महतले भन्नुभयो।

बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक, लक्ष्मी खतिवडा, आमन्त्रित सदस्य पुष्पराज पराजुली तथा प्रदेश सभापति इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी) ले आआफ्नो धारणा राख्नुभएको छ।

सम्बन्धित समाचार

भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम

भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम

काठमाडौं । भारतको नागरिक उड्डयन नियामक निकाय (डिजीसीए)ले हवाई टिकट फिर्ता र रद्दसम्बन्धी नियममा यात्रुहरूको हितमा महत्त्वपूर्ण परिवर्तन गरेको...

दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा

दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम बिहीबार सम्पन्न खेलमा दक्षिण...

६ महिनामा सात प्रतिशतले बढ्यो वायुसेवा निगमको आम्दानी

६ महिनामा सात प्रतिशतले बढ्यो वायुसेवा निगमको आम्दानी

काठमाडौँ। नेपाल वायुसेवा निगमको अर्धवार्षिक कार्यसम्पादनमा उत्साहजनक सुधार देखिएको छ। चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको आम्दानी र यात्रु सङ्ख्या...

परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा

परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त भएको बताउनुभएको छ। बिहीवार सुर्खेतमा...