रक्षा बमको नेतृत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा
काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा गरिएको छ । शुक्रबार बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा गरिएको हो ।
भदौ २३ र २४ मा सम्पन्न जेनजी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेण्डाहरू एकीकृत गर्ने र सो विद्रोहसँग जोडिएका सबै पक्षलाई एकताको आह्वान गर्ने उद्देश्यका साथ सो संगठन गठन गरिएको प्रेस वक्तव्यमार्फत जानकारी दिइएको छ ।
प्रेस वक्तव्यमा भनिएको छ, ‘यही मिति २०८२ साल भाद्र २३ र २४ मा सम्पन्न जेनजी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेण्डाहरू एकीकृत गर्ने र यस विद्रोहसँग जोडिएका सबै व्यक्ति, समूह, संघ र सङ्गठन तथा यस विद्रोहप्रति शुभेच्छा र सदभाव राख्नुहुने सम्पूर्ण नेपाली नागरिकमा एकताको आह्वान गर्ने उद्देश्यका साथ ‘नेपाल जेनजी फ्रन्ट’ गठन गरिएको छ ।’
उक्त समिति हाल प्रारम्भिक रूपमा गठन गरिएको र यसमा जोडिन चाहने सम्पूर्णका लागि खुला रहेको समेत प्रेस वक्तव्यमा जनाइएको छ । साथै, नेपाल जेनजी फ्रन्टका तर्फबाट जेनजी विद्रोहको दस्तावेज समेत सार्वजनिक गरिएको प्रेस वक्तव्यमा जनाइएको छ ।

ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...




