मुख्य समाचार

माओवादी-समाजवादी एकता घातक हुन सक्छ : जनार्दन शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले नेकपा (एकीकृत समाजवादी) सँग प्रस्तावित पार्टी एकता प्रक्रिया तत्काल रोक्न माग गर्नुभएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा आफ्ना विचार राख्दै शर्माले हतारमा गरिने एकताले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने र व्यक्तिगत स्वार्थ पूरा गर्ने मात्रै हुने बताउनुभएको हो।

शर्माले वैचारिक स्पष्टता, विगतको समीक्षा र सांगठनिक तयारीबिनाको एकता ‘दीर्घकालीन दृष्टिले हानिकारक’ हुने तर्क प्रस्तुत गर्नुभएको हो।

उहाँले जनयुद्धको मर्म, संविधानको भावना र जनआकांक्षा अनुरूप समाजवादको आधार तयार पार्नुको सट्टा शीर्ष नेताहरू सुखसुविधा, पद, चाकडी र सत्ता मोहमा अल्झिँदा पार्टीको वैचारिक आधार र जनपक्षीय चरित्र कमजोर बनेको आरोप लगाउनुभयो।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...