प्रदेश

थापाथलीस्थित ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काइने

काठमाडौं। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काउने भएको छ ।

सम्पदा क्षेत्र खालि गराउने अभियानमा रहेको महानगर प्रहरी आईतवार बिहानै डोजरसहित प्रभागमा पुगेको थियो । महानगर प्रहरीले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ थापाथली क्षेत्रमा रहेका अन्य अवैध भौतिक संरचना भत्काएको भएपनि प्रभाग नभत्काइने महानगरपालिका वडा न. ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले बताउनु भयो । प्रहरीहरुलाई बस्न समेत समस्या भएको अवस्थामा प्रभागको पुरानो भवन निर्माण नहुञ्जेलसम्म भत्काउन नदिइने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग अहिलेलाई नभत्काउन भनेको छु । प्रहरी कमाण्डरले हुन्छ भनेको छ । अहिले प्रहरीलाई बस्न समेत समस्या भएको कारणले पनि तत्काल नभत्काउन भनेको छु ।’

महानगरे सम्पदा जग्गा अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै हटाउन लागेको थियो । यता ट्राफिकले भने २०३० सालदेखि स्थापना गरी बिट बसेको बताउँदै आएको छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...

धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ

धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ

धनुषा. धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन...