एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमी, भक्तपुरले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि आवेदन फाराम भर्ने प्रक्रिया सुरु गरेको छ।
बोर्डका अनुसार शैक्षिक सत्र २०८२ मा कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थीहरूले कार्तिक १७ गतेदेखि मंसिर १६ गतेभित्र आवेदन फाराम भरी परीक्षा दस्तुरसहित सम्बन्धित विद्यालयमा बुझाउनुपर्ने छ।
विद्यार्थीले प्रति व्यक्ति पाँच सय रुपैयाँ ५००० परीक्षा दस्तुर तिर्नुपर्नेछ। सोही अवधिभित्र विद्यालयहरूले फाराम संकलन गरी शिक्षा विकास निर्देशनालय, शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका शिक्षा शाखा वा महाशाखामार्फत पठाउनुपर्नेछ।
बोर्डले साधारण, परम्परागत तथा प्राविधिक धारका विद्यार्थीका लागि रजिष्ट्रेसन अर्धकट्टी, कक्षा ८ उत्तीर्ण प्रमाणपत्र र प्रमाणित जन्मदर्ता प्रमाणपत्रसहित विद्यालय पोसाकमा खिचिएको दुई प्रति पासपोर्ट साइज फोटो टाँसी फाराम बुझाउन निर्देशन दिएको छ।
खुला, वैकल्पिक तथा अनौपचारिक प्रौढ विद्यालयका विद्यार्थीहरूले सम्बन्धित निर्देशिकाअनुसार आवश्यक सिफारिस, प्रमाणपत्र र कागजात संलग्न गरी फाराम बुझाउनुपर्नेछ। खुला तथा वैकल्पिक कार्यक्रमअन्तर्गत कक्षा ८ वा सो सरहको परीक्षा दुई वर्षअघि पास गरेका विद्यार्थी मात्र सहभागी हुन पाउने बोर्डले जनाएको छ।
अनौपचारिक विद्यालयका विद्यार्थीका हकमा विद्यालयको अनुमति पत्र र आवश्यक प्रमाणिकरण कागजात समन्वय इकाईले हेरी एकिन गर्नुपर्ने पनि सूचनामा उल्लेख छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
५.
परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




