मुख्य समाचार

प्रचण्डले भ्रष्टाचार मुद्दा लागेका माधव नेपालसँग एकताको नाटक गरे : जनार्दन शर्मा

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले जेनजी आन्दोलनको माग र भावनाविपरीत माओवादी केन्द्र र एकीकृत समाजवादीबीच हुन लागेको एकता स्विकार्न नसकेको बताउनुभएको छ।

उहाँले जेनजीको भ्रष्टाचारविरोधी माग सम्बोधन गर्नुको साटो भ्रष्टाचारको आरोप लागेका माधवकुमार नेपालसँग पार्टी एकता गरेकाले यस्तो एकता स्विकार्न नसकेको स्पष्ट पार्नुभएको हो।

मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विगत केही वर्षदेखि माओवादी पार्टीलाई रूपान्तरण गर्ने, पारदर्शी बनाउने, सुशासनको पक्षमा र जनताप्रति जवाफदेही हुने, विधिपद्धति लागु गर्ने, पार्टीलाई समग्र रूपले पुनर्गठन गर्न आफू लागे पनि सफल हुन नसकेको बताउनुभयो

उहाँले नेतातन्त्र, भ्रष्टाचारविरोधी जगमा जेनजी विद्रोह भएकाले यसलाई स्वीकार गर्दै पार्टीलाई रूपान्तरण गर्ने कोसिस पार्टीभित्र असफल भएको भनाइ छ। उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारको मुद्दा लागेका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग पार्टी एकताको नाटक गरेर पार्टीलाई अझ भद्रगोल, विधिहीन बनाएको आरोप लगााउनुुभयो।

सीमित एक वा दुई नेताहरूको हातमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने गरी एकताको नाटक गरिएको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समयसम्म आइपुग्दा पार्टीभित्र दलतन्त्रको कुरा, नेतातन्त्रको कुरा, भ्रष्टाचारको कुरा उठाउँदै त्यसकै जगमा जेनजी विद्रोह भयो। जेनजी आन्दोलनले उठाएका भ्रष्टाचारविरोधी माग र भावना विपरीत भइरहेको एकताप्रति हामी सहमत हुन सकेनौँ।’

उहाँले एकताका नाममा आमजनता, मतदाता र कार्यकर्तालाई भ्रमित पार्दै घृणा फैलाउने प्रयास भइरहेको बताउनुभयो।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...