रास्वपाको विस्तारित बैठक आजदेखि, ५ सय प्रतिनिधि सहभागी हुने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक आजदेखि सुरु हुने भएको छ । चितवनको सौराहामा बस्ने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ ।
बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने पार्टी सचिवालय सदस्य हरि ढकालले बताउनुभयो । उहाँका अनुसार बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, अर्का उपसभापति डा स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ ।
उहाँले भन्नुभयो,‘बैठकमा देशैभरीबाट ५ सय जनाहरू आउँदै हुनुहुन्छ । केन्द्र, प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधि साथीहरू सहभागी हुनुहुनेछ । म आफू बैठकको व्यवस्थापकीय जिम्मेवारीमा रहेको हुनाले विस्तारित बैठकलाई सम्पन्न गर्न सहयोग गर्नको लागि हार्दिक अपिल समेत गर्दछु ।’
बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी सङ्गठनको अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
अमेरिकाले खुकुलो बनायो रूसी कच्चा तेलमाथिको प्रतिबन्ध
इरानसँग युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढ्न थालेपछि अमेरिकाले रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पारेको छ। अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमार्फत...
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...
शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...
आयोगले उम्मेदवारहरूलाई भन्यो : निर्वाचन खर्च सार्वजनिक गर्नू
काठमाडौँ। निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो निर्वाचन खर्च विवरण बुझाउन अनुरोध गरेको छ। आयोगले बिहीबार विज्ञप्ति जारी गरी निर्वाचन सम्पन्न...




