माओवादी केन्द्र निष्क्रिय नबनाउन भन्दै निर्वाचन आयोगमा निवेदन
काठमाडौं । नेकपा माओवादी केन्द्रलाई निष्क्रिय नगर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । सन्दीप पुनले शुक्रबार निर्वाचन आयोगमा यस्तो निवेदन दिनुभएको हो।
तर, कुन कानुनका आधारमा यस्तो निवेदन दिइएको हो र यसको प्रक्रिया के हुन्छ ? भन्नेबारे केही भनिएको छैन । आयोगले एउटा निवेदन आयो भन्ने रूपमा लिएर निवेदन ग्रहण गरिएको जनाएको छ ।
निवेदकले भने कुनै पार्टीमा विलय वा मर्ज गर्न चुनाव चिह्न र पार्टीको दार्शनिक मान्यता माओवाद परित्याग गर्न नसक्ने भएकोले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र वैधानिक रूपले यथावत रहेको दाबी गरेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति
काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...
ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...
देवघाटमा देखियो घडियाल
चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...




