भदौ २३–२४ का घटना आन्दोलन होइन, योजनाबद्ध प्रतिक्रान्ति हो : एमाले सचिव भट्ट
धनगढी। नेकपा (एमाले) का सचिव लेखराज भट्टले भदौ २३ र २४ का घटनाहरूलाई आन्दोलन नभई योजनाबद्ध प्रतिक्रान्ति भन्नुभएको छ। उहाँका अनुसार ती घटनाहरू देश विनाश गर्ने पूर्वनियोजित षड्यन्त्र अन्तर्गत गरिएका थिए।
प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव भट्टले भन्नुभयो, “भदौ २३ र २४ का घटना कुनै क्रान्ति थिएनन्, ती विनाशका लागि बनाइएको डिजाइन थियो। देशलाई अस्थिर पार्ने, नेपाल जलाउने र अन्तर्राष्ट्रिय रूपमा बदनाम गराउने उद्देश्यले योजना बुनिएको देखियो।”
उहाँले भदौ २४ गतेको आन्दोलनलाई ढाल बनाइ २३ गतेकै घटनालाई योजनाबद्ध रूपमा सञ्चालन गरिएको दाबी गर्नुभयो, `२४ गतेको विनाश नपम्त्याउनकै लागि २३ को षड्यन्त्र गरियो,” उहाँले भन्नुभयो, “यो कुनै स्वतःस्फूर्त आन्दोलन होइन, पुस्ताको नाममा गरिएको विध्वंस हो।”
भट्टले जेनजी पुस्ताको नाममा हिंसा भड्काउने, स्कुल ड्रेसमा विद्यार्थीहरूलाई सडकमा उतार्ने र त्यसका पछाडि ठूला राजनीतिक स्वार्थ लुकेको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, “जेनजी पुस्ताको माग सुशासन र भ्रष्टाचारविरुद्ध थियो, तर त्यसलाई गलत दिशामा मोडियो। विध्वंस र आगजनी आन्दोलन होइन।”
एमाले सचिव भट्टले हालको सरकार संविधान विपरित रहेको दाबी गर्दै संसद पुनर्स्थापना आवश्यक भएको बताउनुभयो। उहाँका अनुसार अहिलेको वातावरणमा चुनाव सम्भव छैन र देशलाई कमजोर पार्ने खेल जारी छ।
उहाँले भन्नुभयो, “एमालेमाथि दशकौंदेखि प्रहार हुँदै आएको छ। कमजोर पार्न नसकेपछि हिंसा भड्काउने खेल भयो। तर एमाले सचेत छ, देश सकाउने योजना सफल हुन दिइने छैन।”
भट्टले पार्टी अब ग्रामीण विकास, सुशासन र समृद्धिको एजेण्डा लिएर अघि बढ्ने बताउनुभयो। उहाँले आयात घटाई निर्यात बढाउने, युवा उद्यम र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिनुपर्नेमा जोड दिनुभयो।
प्रेस चौतारीका प्रदेश अध्यक्ष नरेन्द्र कार्कीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
अमेरिकाले खुकुलो बनायो रूसी कच्चा तेलमाथिको प्रतिबन्ध
इरानसँग युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढ्न थालेपछि अमेरिकाले रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पारेको छ। अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमार्फत...
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...
शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...
आयोगले उम्मेदवारहरूलाई भन्यो : निर्वाचन खर्च सार्वजनिक गर्नू
काठमाडौँ। निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो निर्वाचन खर्च विवरण बुझाउन अनुरोध गरेको छ। आयोगले बिहीबार विज्ञप्ति जारी गरी निर्वाचन सम्पन्न...




