मुख्य समाचार

सञ्चार माध्यामलाई टिक्न गाह्रो हुने अवस्था आएको छः सञ्चारमन्त्री

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आम सञ्चार माध्यामलाई टिक्न कठिनाई हुने अवस्था आएको बताउनुभएको छ ।

आइतबार सार्वजनिक सेवा प्रशारण तथा एनटिभी वल्र्डको औपचारिक शुभारम्भ समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री खरेलले सामाजिक सञ्जालको दवदवाले आम सञ्चार माध्यामहरुलाई काम गर्न नै कठिन भएको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्नुपर्ने आवश्यक रहेको समेत स्पष्ट पार्नुभयो ।

उहाँले आजबाट शुभारम्भ भएको एनटिभी वल्र्ड च्यानलले बाँकि विश्वलाई हेर्न र बुझन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वा समेत व्यक्त गर्नुभयो । मन्त्री खरेलले सार्वजनिक सेवा प्रशारण संस्थालाई आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अबको दिन बडो चुनौतिपूर्ण छ । अब आम सञ्चार माध्यामलाई टिक्न गाह्रो छ । थेगिन गाह्रो छ । काम गर्न गाह्रो छ । व्यवसायिकतामा धेरै प्रश्नहरु छन । यो चुनौतिको बीचमा हामी जुन काम शुभारम्भ गरेका छौँ । यसले नेपाल र नेपाली मात्रै नभएर बाँकि विश्वलाई नेपालको आँखाबाट हेर्नका लागि यो एनटिभी वल्र्डले महत्वपूर्ण भुमिका निर्वाह गर्छ भन्ने लागेको छ । अरु कुराहरु आगामी दिनमा धेरै गर्नु छ । यतातर्फ नपाल सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट सार्वजनिक सेवा प्रशारण संस्था यो पिएसपीलाई आवश्यक सहयोग गर्न नेपाल सरकार प्रतिवद्ध छ ।’

मन्त्री खरेलले सार्वजनिक सेवा प्रशारण संस्थाहरुले आफ्नो प्रश्तुतिमा धेरै सुधार गर्नुपर्ने आवश्यकतामा समेत औँल्याउनु भयो । -न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

अमेरिकाले खुकुलो बनायो रूसी कच्चा तेलमाथिको प्रतिबन्ध

अमेरिकाले खुकुलो बनायो रूसी कच्चा तेलमाथिको प्रतिबन्ध

इरानसँग युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढ्न थालेपछि अमेरिकाले रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पारेको छ। अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमार्फत...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...

आयोगले उम्मेदवारहरूलाई भन्यो : निर्वाचन खर्च सार्वजनिक गर्नू

आयोगले उम्मेदवारहरूलाई भन्यो : निर्वाचन खर्च सार्वजनिक गर्नू

काठमाडौँ। निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो निर्वाचन खर्च विवरण बुझाउन अनुरोध गरेको छ। आयोगले बिहीबार विज्ञप्ति जारी गरी निर्वाचन सम्पन्न...