निर्वाचन सफल बनाउन सञ्चार माध्यमले अझ प्रभावकारी ढंगले काम गर्नुपर्दछः राष्ट्रपति पौडेल
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागन २१ का लागि तोकिएको निर्वाचनलाई सफल बनाउन सञ्चार माध्यामहरुले अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
आइतबार सार्वजनिक सेवा प्रशारण तथा एनटिभी वल्र्डको औपचारिक शुभारम्भ समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत र सुदृढ बनाउन सो निर्वाचन घोषणा गरिएको उल्लेख गर्नुभयो । निर्वाचनलाई सफल बनाउनका लागि सञ्चार माध्यामहरु अझ बढी क्रियाशील हुनुपर्ने स्पष्ट पार्नुभयो ।
उहाँले सरकारी सञ्चार माध्यामहरुले लोकतन्त्रको सुदुढीकरणमा बढी जोड दिनुपर्ने समेत बताउनु भयो । राष्ट्रपति पौडेलले नेपालको संस्कृति, भेषभुषा, भौगोलिक विविधता, प्राकृतिक सौन्दर्यता, पर्यटन, धार्मिक तथा सांस्कृतिक धरोहरहरु र नविन सोच तथा उपलब्धिहरुलाई विश्व समक्ष चिनाउन एनटिभी वल्ड च्यानलले महत्वपूर्ण भुमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,‘युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन सञ्चार माध्यामहरुले अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने आजको आवश्यकता हो । आज नेपाल टेलिभिजनको नयाँ च्यानल एनटिभी वल्र्ड पनि शुभारम्भ भएको छ । नेपालको संस्कृति, भेषभुषा, भौगोलिक विविधता, प्राकृतिक सौन्दर्यता, पर्यटन, धार्मिक तथा सांस्कृतिक धरोहरहरु र नविन सोच तथा उपलब्धिहरुलाई विश्व समक्ष चिनाउन यस च्यानलले महत्वपूर्ण भुमिका खेल्नेछ भन्ने विश्वास व्यक्त गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
राष्ट्रपति पौडेलले जनतालाई सही सूचना दिनेकुरामा सञ्चार माध्यामहरुले गम्भिरतापूर्वक काम गर्नुपर्ने पनि बताउनु भयो । -न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
अमेरिकाले खुकुलो बनायो रूसी कच्चा तेलमाथिको प्रतिबन्ध
इरानसँग युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढ्न थालेपछि अमेरिकाले रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पारेको छ। अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमार्फत...
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...
शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...
आयोगले उम्मेदवारहरूलाई भन्यो : निर्वाचन खर्च सार्वजनिक गर्नू
काठमाडौँ। निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो निर्वाचन खर्च विवरण बुझाउन अनुरोध गरेको छ। आयोगले बिहीबार विज्ञप्ति जारी गरी निर्वाचन सम्पन्न...




