मुख्य समाचार

मधेस प्रदेशः काँग्रेससहितका सात राजनीतिक दलहरु छलफलमा

काठमाडौँ। मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलहरु छलफलमा जुटेका छन् । सोमवार बिहान मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेसँगै सात राजनीतिक दलहरु छलफलमा जुटेका हुन् । उनीहरुले आगामी रणनीति तय गर्ने बताइएको छ।

प्रदेश प्रमुख भण्डारीले संविधानलाई मिचेर एमालेका नेता यादवलाई संविधानको धारा १ सय ६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै बाँकी दलहरू असन्तुष्ट छन् ।

उनीहरुको सभामुखमाथि अविश्वासको प्रश्ताव प्रश्तुत गर्ने तयारी समेत रहेको बताइएको छ । छलफलमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसहितका दलहरू सहभागी छन् । –न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो

वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो

सर्लाही। सर्लाहीको हरिवन नगरपालिका–६ र ७ अन्तर्गत चारलिकस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच दर्जनभन्दा...

बैतडीमा दुई महिला मृत फेला

बैतडीमा दुई महिला मृत फेला

बैतडी । बैतडीमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु भएको छ। एक महिला भीरबाट लडेकी छन् भने अर्की महाकाली नदी...

बाढीले फेमे खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध

बाढीले फेमे खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध

फिदिम । चार महिनापछि परेको वर्षासँगै आएको बाढीले पाँचथरस्थित फेमे खोलामा बनाइएको डाइभर्सन बगाएको छ। डाइभर्सन बगेसँगै सदरमुकाम फिदिम...

अमेरिकाले खुकुलो बनायो रूसी कच्चा तेलमाथिको प्रतिबन्ध

अमेरिकाले खुकुलो बनायो रूसी कच्चा तेलमाथिको प्रतिबन्ध

इरानसँग युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढ्न थालेपछि अमेरिकाले रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पारेको छ। अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमार्फत...