मुख्य समाचार

नागरिक हितार्थ तीन तहका सरकारको समन्वय र सहकार्य अपरिहार्य छ : मुख्यमन्त्री कँडेल

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिक हितका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य अपरिहार्य भएको बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको आयोजनामा आजदेखि वीरेन्द्रनगरमा सञ्चालन भएको ‘प्रदेश तथा स्थानीय तहबीच अन्तरसरकार सम्बन्धका सवालमा छलफल तथा अन्तक्र्रिया’ को समापन समारोहमा मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माण तथा सेवा प्रवाहमा तीनै तहका सरकारहरूको सहकार्य र समन्वयको अभावले नागरिक असन्तुष्टि बढ्दै गएको बताउनुभयो ।

दोहोरोपन, अधुरा काम र गुणस्तरहीन विकासबाट जोगिन सहकार्यको आवश्यकता रहेको बताउँदै उहाँले भन्नुभयो, “भूगोल सबैको एउटै हो । त्यसैले विकास निर्माणमा सहकार्य र समन्वय हुन सकेमात्र जनताले प्रत्यक्ष लाभ पाउँछन् । अहिलेको परिवर्तित अवस्थामा जननिर्वाचित निकाय प्रदेश र स्थानीय तहबीचको सम्बन्ध अझ सुदृढ गर्दै जानुपर्छ ।”

आन्दोलनपछि बनेको गैरदलीय सरकारले प्रदेश र स्थानीय तहलाई आफ्नो युनिट हो कि जस्तो गरी गरेको पत्राचार तथा व्यवहारमा पछिल्लो समय सुधार भएको उहाँको भनाइ थियो । दलको विश्वसनीयता पुनःस्थापना गर्न जनताको समर्थन पाउनेगरी काम गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

मुख्यमन्त्री कँडेलले भन्नुभयो, “जनताको विश्वास जित्ने गरी काम गर्न सकेमात्र राजनीति बलियो हुन्छ । हामी आफ्नो आम्दानी बढाउने गरी गच्छेअनुसारको सरकार चलाउने व्यवस्थामा छौँ ।”

प्रदेश र स्थानीय दुवै सरकारको विकास र जनसेवा गर्ने उद्देश्य भएकाले प्रतिस्पर्धा होइन नभई सहकार्यबाट मात्र कर्णालीको विकास सम्भव हुने मुख्यमन्त्री कँडेलको भनाइ थियो । दुईदिने अन्तक्र्रियामा दश जिल्ला समन्वय समितिका प्रमुखरउपप्रमुख तथा २५ नगरपालिकाका नगरप्रमुखरउपप्रमुख र ५४ गाउँपालिकाका अध्यक्षरउपाध्यक्षसहित कर्णाली सरकारका प्रमुख सचिवदेखि पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...

वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो

वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो

सर्लाही। सर्लाहीको हरिवन नगरपालिका–६ र ७ अन्तर्गत चारलिकस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच दर्जनभन्दा...