मुख्य समाचार

निर्वाचन आयोगले मतदाता नामावली दर्ताको समय नथप्ने

काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताको समय थप नगर्ने निर्णय गरेको छ। आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर समय लम्ब्याउँदा निर्वाचन कार्यतालिका प्रभावित हुने भन्दै ब्रिफिङ दिएका थिए।

नाम दर्ताको समय नथप्ने भएपछि अब राष्ट्रिय परिचयपत्रका लागि संकलित बायोमेट्रिक तथ्यांकबाट पनि मतदाता सूचीकृत गरिने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार, राष्ट्रिय पञ्जीकरण विभागले आफ्नो तथ्यांक आयोगलाई उपलब्ध गराउने तयारी गरेको छ।

प्रधानमन्त्री कार्कीसँगको छलफलमा विभागका महानिर्देशक नमराज घिमिरेले राष्ट्रिय परिचयपत्र प्रणालीमार्फत मतदाता विवरण उपलब्ध गराउन सकिने जानकारी दिएका थिए। प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, अब परिचयपत्र नम्बर भएका तर निर्वाचन कार्यालयमा प्रत्यक्ष पुग्न नसक्ने मतदाताको नाम पनि सूचीकृत हुनेछ।

छलफलमा आयोगले आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरेको छ। अहिलेसम्म तयारीका ६० प्रतिशतभन्दा बढी काम सकिएको आयोगले जनाएको छ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीका अनुसार, सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुन तयार देखिएका छन् र वातावरण विगतको भन्दा सहज बन्दै गएको छ। हालसम्म २२ राष्ट्रिय र २ अन्तर्राष्ट्रिय संस्थाले निर्वाचन पर्यवेक्षणका लागि दर्ता गराइसकेका छन्।

आयोगले आचारसंहिता मस्यौदा सबै दललाई पठाइसकेको र निकट भविष्यमै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। प्रधानमन्त्री कार्कीले उम्मेदवारको खर्च नियन्त्रण र मतदाताको सहजताका लागि अन्तरजिल्ला मतदानको सम्भावनाबारे चासो राखेकी थिइन्।

 

सम्बन्धित समाचार

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...

वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो

वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो

सर्लाही। सर्लाहीको हरिवन नगरपालिका–६ र ७ अन्तर्गत चारलिकस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच दर्जनभन्दा...