मुख्य समाचार

भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको समीक्षा बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले सरकारको कामलाई निष्पक्ष, सहज र सेवाग्राही मैत्री भए नभएको सूक्ष्म निगरानी र अनुगमनका लागि राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशनसमेत दिनुभयो।

‘सुशासनयुक्त र भ्रष्‍टाचारमुक्त राष्‍ट्र निर्माणप्रति वर्तमान सरकार कटिबद्ध र प्रतिबद्ध रहेको सन्दर्भमा सार्वजनिक निकायबाट सम्पादन भएका काम कार्यवाही निष्‍पक्ष, स्वच्छ, सहज र सेवाग्राही मैत्री भए नभएको सूक्ष्म निगरानी तथा अनुगमन गर्न राष्‍ट्रिय सतर्कता केन्द्रले थप पहल गर्न निर्देशन गर्दछु’, प्रधानमन्त्री कार्कीले भन्नुभयो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको आर्थिक वर्ष २०८२/८३ मा सञ्‍चालित कार्यक्रमको प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्नुभएको हो।

उहाँले जेन्जी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीबाट मन्त्रिपरिषद्को कार्यालयको क्षतिसहित अन्य भौतिक सम्पत्तिलगायत सम्पूर्ण क्षतिको विवरण यथासक्य छिटो अद्यावधिक गर्न सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभयो । यसैगरी अन्य निकायमा भएका क्षतिको एकीकृत विवरणको प्रतिवेदन तयार गर्न उहाँले निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले विद्युतीय खरिद प्रणाली सार्वजनिक निकायको खरिद प्रक्रियासँग जोडिएको संवदेनशील विषय भएकाले त्यसको स्तरोन्नतिका लागि आवश्यक पर्ने उपकरण खरिदको काम निर्धारित समयमै पूरा गरिसक्नुपर्ने बताउनुभयो । उहाँले ‘ग्रे लिस्ट’बाट नेपाललाई बाहिर निकाल्न नियमनकारी, अनुसन्धानकारी तथा अन्य सम्बद्ध निकायबाट सम्पादन भएका काम कारबाहीको मन्त्रिपरिषद्को कार्यालयले आवश्यक सहजीकरण, समन्वय एवम् अनुगमन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

“सुशासनयुक्त र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणप्रति वर्तमान सरकार प्रतिबद्ध रहेको छ, सार्वजनिक निकायबाट सम्पादन भएका काम कारबाही निष्पक्ष, स्वच्छ, सहज र सेवाग्राहीमैत्री भए–नभएको शुक्ष्म निगरानी तथा अनुगमन गर्न राष्ट्रिय सतर्कता केन्द्रले थप पहल गर्नुपर्छ”, प्रधानमन्त्री कार्कीले भन्नुभयो ।

सम्बन्धित समाचार

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...

वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो

वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो

सर्लाही। सर्लाहीको हरिवन नगरपालिका–६ र ७ अन्तर्गत चारलिकस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच दर्जनभन्दा...