पाल्पा । निस्दी गाउँपालिका–५, बेलडाँडामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
बेलडाँडा बजारमा स्थानीय भीमबहादुर शाहीको घर भत्काउने क्रममा च्यापिएर केवरापानी बस्ने ६३ वर्षीय टुकबहादुर सोमैको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लालबहादुर सुनारले बताउनुुभयो।
नयाँ घर निर्माणका लागि पूरानो घर भत्काउने क्रममा सोमै घरमुनि च्यापिएर घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।