मुख्य समाचार

प्रधानमन्त्री–निर्वाचन आयोग संवाद : मतदाता दर्ता म्याद पाँच दिनले बढ्न सक्ने संकेत

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली दर्ताको समय थप्न निर्वाचन आयोगलाई औपचारिक आग्रह गरेकी छन्।

प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार उनले आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग टेलिफोन वार्ता गरी नामावली दर्ता म्याद विस्तारलाई जरूरी कदमका रूपमा अघि सारिन्।

आयोगले फागुन २१ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा निर्वाचनका लागि कात्तिक ३० सम्म मतदाता नामावली दर्ता गर्ने समय सीमा तोकेको थियो। तर पछिल्ला दिनहरूमा नाम दर्ताका लागि नागरिकको उत्साह र अत्यधिक चाप बढ्दै गएपछि प्रधानमन्त्री कार्कीले म्याद थप्न अनुरोध गरेकी हुन्।

प्रधानमन्त्री सचिवालयका अनुसार, आयुक्त भण्डारीले अधिकतम पाँच दिनसम्म म्याद थप्न सकिने प्रारम्भिक जवाफ दिएका छन्।

सम्बन्धित समाचार

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...

वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो

वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो

सर्लाही। सर्लाहीको हरिवन नगरपालिका–६ र ७ अन्तर्गत चारलिकस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच दर्जनभन्दा...