एनपीएलमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिन माग
काठमाडौं। अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताका क्रममा दर्शकका लागि तोकिएको टिकट शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिन माग गरेको छ।
अखिल (क्रान्तिकारी) का उपमहासचिव तथा उपत्यका विशेष प्रदेश समिति इन्चार्ज निरोज श्रेष्ठको नेतृत्वमा गएको विद्यार्थी टोलीले नेपाल क्रिकेट संघका सचिव पारस खड्कालाई उक्त माग सहितको ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमा प्रिमियर लिग क्रिकेटको टिकट दर विद्यार्थी वर्गका लागि निकै महंगो रहेको र त्यसले गर्दा उक्त खेलकुदमा विद्यार्थीहरूको पहुँचलाई अवरुद्ध गर्ने भन्दै विद्यार्थी परिचयपत्रका आधारमा ५०% छुटको व्यवस्था गर्न माग गरिएको छ।
साथै क्रान्तिकारीले सरकारी विद्यालयका विद्यार्थीहरूलाई विशेष निःशुल्क प्रवेश कोटा कायम गर्न र खेलकुदलाई व्यावसायिक भन्दा बढी जनमुखी सहभागिता र राष्ट्रिय गौरवको प्रतीक बनाउन समेत क्यान सचिव खड्कासँग माग गरेको विद्यार्थी नेता अनिकेत तिवारीले बताउनुभयो।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...
निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...




