लडेर बालिकाको मृत्यु
ताप्लेजुङ। जिल्लाको फुङ्लिङ नगरपालिका ९ हाङदेवामा लडेर एक बालिकाको निधन भएको छ। फुङ्लिङ १० फुरुम्बुका वीरबहादुर नुगोका सात वर्षीय छोरी अर्पणा नुगो लिम्बूको लडेर निधन भएको हो।
फुङलिङ ९ हाङदेवामा बस्दै आएकी बालिकाको शुक्रबार साँझ लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक रोहित शर्मा बढईले जानकारी दिनुभयो। उनका अनुसार निर्माणाधीन मादेन वंशको माङ्हिम मन्दिरबाट लडेर बालिकाको मृत्यु भएको हो।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोली परिचालन गरिएको थियो। शव कानुनी प्रक्रिया पूरा जिल्ला अस्पतालमा ल्याइएको बताउँदै शर्माले शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको जानकारी दिए।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन आयोगको अनुरोध
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन अनुरोध गरेको छ। आयोगले निर्वाचन लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर...
सर्लाहीमा खटिएका मतदान अधिकृतको मृत्यु
काठमाडौं। प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका एक मतदान अधिकृतको मृत्यु भएको छ । सर्लाहीको पर्सा...
निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा
काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको बताएको छ । उम्मेदवार र मतदातालाई सहज...
भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु
भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...




