आइतवार, मंसिर २१, २०८२
English
Follow us:

आन्दोलनरत दलहरूलाई वार्तामा आउन मधेशका मुख्यमन्त्रीद्वारा आह्वान

आन्दोलनरत दलहरूलाई वार्तामा आउन मधेशका मुख्यमन्त्रीद्वारा आह्वान

  • खबर सेवा

  • शनिबार, कार्तिक २९, २०८२

  • 124
    SHARES
आन्दोलनरत दलहरूलाई वार्तामा आउन मधेशका मुख्यमन्त्रीद्वारा आह्वान

काठमाडौं। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूविरुद्ध आन्दोलनमा उत्रेका मधेशवादी राजनीतिक दललाई वार्तामा आउन आव्हान गर्नुभएको छ। उहाँले र सहमति तथा संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्ने आग्रह गर्नुभएको हो।

मुख्यमन्त्री यादवले आज प्रदेशवासीको नाममा सम्बोधन गर्दै हरेक समस्याको समाधान वार्ता, संवाद र सहमतिबाट आउने भएकाले आन्दोलन रोकी सहकार्य र समन्वयका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
आन्दोलनरत मधेशवादी दलहरूबीच मुठभेडको अवस्थामा हुनसक्ने भन्दै उनले संवादको माधयमबाट अहिलेको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री तथा संवैधानिक निकायको प्रमुखलाई वर्तमान अवस्थामा असुरक्षा रहेको गुनासो व्यक्त गर्दै मुख्यमन्त्री यादवले वार्ता नै संवादको उत्तम विकल्प रहेको धारणा राख्नुभयो।

मधेशवादी दलहरूको कुनै एजेन्डा नरहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले सर्वोच्च अदालतमा आफूविरुद्ध मुद्दा दायर गरी कानूनी प्रक्रिया अवलम्बन गर्नुपर्ने उल्लेख गर्नुभयो।

आफू नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सुरक्षामा भए पनि आन्दोलनकारीको भूमिका उग्र हुँदा स्थिति मुठभेडतर्फ गएकाले आन्दोलन त्यागेर वार्तामा आउन उहाँले सबैलाई आग्रह गर्नुभयो।

‘लोसपा नेतृत्वबाट मुख्यमन्त्री बन्नुभएका जितेन्द्र सोनलको सरकार आफ्नै सहयात्रीहरूको स्वार्थका कारण ढलेको हो,’ मुख्यमन्त्री यादवले भन्नुभयो।

सर्वोच्च अदालतको फैसलालाई आफूले स्वीकार गर्ने जनाउँदै उहाँले आफू सदैव संविधान र संघीयताको पक्षमा रहेको उल्लेख गर्नुभयो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology