आन्दोलनरत दलहरूलाई वार्तामा आउन मधेशका मुख्यमन्त्रीद्वारा आह्वान
काठमाडौं। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूविरुद्ध आन्दोलनमा उत्रेका मधेशवादी राजनीतिक दललाई वार्तामा आउन आव्हान गर्नुभएको छ। उहाँले र सहमति तथा संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्ने आग्रह गर्नुभएको हो।
मुख्यमन्त्री तथा संवैधानिक निकायको प्रमुखलाई वर्तमान अवस्थामा असुरक्षा रहेको गुनासो व्यक्त गर्दै मुख्यमन्त्री यादवले वार्ता नै संवादको उत्तम विकल्प रहेको धारणा राख्नुभयो।
मधेशवादी दलहरूको कुनै एजेन्डा नरहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले सर्वोच्च अदालतमा आफूविरुद्ध मुद्दा दायर गरी कानूनी प्रक्रिया अवलम्बन गर्नुपर्ने उल्लेख गर्नुभयो।
आफू नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सुरक्षामा भए पनि आन्दोलनकारीको भूमिका उग्र हुँदा स्थिति मुठभेडतर्फ गएकाले आन्दोलन त्यागेर वार्तामा आउन उहाँले सबैलाई आग्रह गर्नुभयो।
‘लोसपा नेतृत्वबाट मुख्यमन्त्री बन्नुभएका जितेन्द्र सोनलको सरकार आफ्नै सहयात्रीहरूको स्वार्थका कारण ढलेको हो,’ मुख्यमन्त्री यादवले भन्नुभयो।
सर्वोच्च अदालतको फैसलालाई आफूले स्वीकार गर्ने जनाउँदै उहाँले आफू सदैव संविधान र संघीयताको पक्षमा रहेको उल्लेख गर्नुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ। पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदुषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष...
डोटीमा माटोको ढिस्कोमा पुरिएर किशोरीको मृत्यु
डोटी । डोटीमा एक किशोरीको माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, डोटीले दिएको जानकारी...
पोखराको जुवा खालबाट ५ जना पक्राउ
कास्की । पोखरा महानगरपालिका वडा नं. १९ अकलादेवीस्थित एक स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई रङ्गेहात पक्राउ गरेको...
इरानमा अमेरिका–इजरायल आक्रमणमा अमेरिकी सैनिकको मृत्यु
अमेरिकी केन्द्रिय कमाण्डले जनाएअनुसार अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध शुरु गरेको आक्रमणका क्रममा सातौं अमेरिकी सैनिकको मृत्यु...




