१५ दिनभित्र कन्सल्टेन्सी नविकरण गर्न शिक्षा मन्त्रालयको सूचना
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा कार्यरत शैक्षिक परामर्श सेवा प्रदायकहरूलाई आफ्नो दर्ता नवीकरण गर्न आह्वान गरेको छ। सबै संस्था र व्यक्तिले केन्द्रीय सूचना प्रबन्धन प्रणाली (CIMS) मार्फत अनलाइन दर्ता नवीकरण गर्नु पर्नेछ।
नवीकरणका लागि आवश्यक कागजातहरूमा कम्पनी दर्ता प्रमाणपत्र, व्यवसाय दर्तारप्यान, भौतिक ठेगाना र कार्यालयको फोटो, योग्य परामर्शदाताहरूको प्रमाणपत्र, सेवा सूची र अन्य आवश्यक दस्तावेजहरू समावेश छन्। मन्त्रालयले आवश्यक परेमा संस्थाको भौतिक निरीक्षण पनि गर्न सक्नेछ।
अनलाइन दर्ता प्रक्रिया cims .moest.gov.npमार्फत उपलब्ध छ। शुल्क भुक्तानी र कागजात पेश गरेपछि दर्ता नवीकरण पूरा हुनेछ।
मन्त्रालयले सबै परामर्श सेवा प्रदायकहरूलाई निर्धारित समयभित्र प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ। यसले नेपाली विद्यार्थीहरूलाई विश्वसनीय र नियमित परामर्श सेवा उपलब्ध गराउन सहयोग पुर्याउने विश्वास लिइएको छ।

ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




