एमाले अखिलको अध्यक्षबाट कडरिया पदमुक्त, धामीलाई जिम्मेवारी
काठमाडौं । नेकपा एमालेको अनेरास्ववियुले अध्यक्ष डा. सुजन कडरियाको राजीनामा औपचारिक रूपमा स्वीकृत गरेको छ ।
वर्तमान महासचिव दीपक धामीलाई नयाँ अध्यक्ष चयन गरेको छ । सोमबार बसेको संगठनका पदाधिकारीहरूको बैठकले धामीलाई अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो ।
गत भदौ २४ गते जेनजी आन्दोलनपछि कडरियाले अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो । त्यतिबेला उनले पदमा फर्कने प्रयास गरे पनि संगठनभित्रै विवाद चर्किएको थियो ।
नयाँ नेतृत्व चयनसँगै संगठनले महासचिवमा उपाध्यक्ष अञ्जना सिवाकोटीलाई जिम्मेवारी दिएको छ ।
अध्यक्षबाट अलग भएपछि कडरियाले नवनिर्वाचित अध्यक्ष धामीलाई बधाई दिंदै फेसबुकमार्फत आफ्नो राजनीतिक यात्रा नयाँ मोडमा प्रवेश गरेको बताउनुभएको छ ।
‘आज बसेको अनेरास्ववियूको बैठकले मेरो राजीनामा स्वीकृत गरिदिएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । विद्यार्थी आन्दोलनमा बिताएका तिता–मिठा क्षणहरू पनि औपचारिक रूपमा समाप्त भएका छन्,’ उहाँले लेख्नुभएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




