बालविवाहलाई घटाउन टीकापुरमा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम
कैलाली। टीकापुर नगरपालिकाले कार्यान्वयनमा ल्याएको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । बालविवाहलाई न्यूनीकरणका लागि नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ देखि सो कार्यक्रम थालनी गरेको थियो ।
बीस वर्षभन्दा अगाडि कुनै छोरीले विवाह गर्न नपरोस् भन्दै सुरु गरेको उक्त कार्यक्रममा हालसम्म एक हजार ४८१ छोरी आवद्ध भएका छन् । उनीहरूका नाममा नगरपालिकाले बैंकका खाता सञ्चालन गराएर वार्षिक दरले रकम जम्मा गर्दै आएको छ । उक्त रकम २० वर्ष पूरा भएपछि मात्रै भुक्तानी गर्न पाइनेछ । वार्षिक एक हजारका दरले नगरपालिकाले छोरीका नाममा सञ्चालन भएको खातामा एक हजार जम्मा गर्दै आएको छ ।
जन्मदर्ताका आधारमा आव २०७६/७७ भन्दा पछि जन्मेका छोरीको बैंक खाता नगरपालिकाले खोलिदिने गरेको छ । टीकापुर –६ का वडाध्यक्ष बलीराम चौधरीले भन्नुभयो“अहिले छोरी जन्मेपछि अभिभावक उत्साहका साथ छोरीको खाता खोल्न सिफारिस लिन आउनुहुन्छ । कार्यक्रमले बालविवाह न्यूनीकरणमा केही वर्षपछि महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास हामीले गरेका छौँ ।”
–––
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




