मङ्लबार, मंसिर २, २०८२
English
Follow us:

६ लाख २० हजार नयाँ मतदाता थपिए

६ लाख २० हजार नयाँ मतदाता थपिए

  • खबर सेवा

  • मङ्लबार, मंसिर २, २०८२

  • 6
    SHARES
६ लाख २० हजार नयाँ मतदाता थपिए

काठमाडौं। निर्वाचन आयोगले ६ लाख २० हजार नयाँ मतदाता थपिएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सोमबार रातिसम्म अद्यावधिक गरिएको विवरणअनुसार आयोगका विभिन्न कार्यालयमा स्वयं उपस्थित भएर ३ लाख ११ हजार ४१५ जनाले फोटो खिचाई मतदाता नामावली दर्ता गराएका छन्।

यस्तै राष्ट्रिय परिचयपत्रमा रहेको बायोमेट्रिक विवरणका आधारमा थप ३ लाख ८ हजार ५८५ जनाको नाम मतदाता नामावलीमा सूचीकृत भएको आयोगले जनाएको छ।

आयोगले मतदाता नामावली अद्यावधिक गर्ने समयसीमा मंसिर ५ गतेसम्मका लागि थप गरेको छ। आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ, जसमा १८ वर्ष उमेर पूरा गरिसकेकाले मतदानमा सहभागी हुन पाउनेछन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology