मुख्य समाचार

इटहरीमा घरमा राखिएको लागुऔषध फाल्दैगर्दा दम्पती पक्राउ

इटहरी। इटहरी उप–महानगरपालिका–१२ का नसिव फार्मेसी सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन् । नसिव नारायण चौधरी र उनकी श्रीमति सम्झना चौधरी पक्राउ परेका हुन् ।

फार्मेसीमा ट्रामाडोल विक्री वितरण गर्दैछ भनी विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनार तथा लागु औषध जिल्ला प्रहरी कार्यालय भोजपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चौधरीलाई पक्राउ गरी उनको घरमा खानतलासी गर्दा उनको श्रीमतिले सिमेन्टको २ वोरा घरको छत माथीबाट फाल्दै गरेको अवस्थामा देखि फालिएको बोराहरु चेकजाँच गर्दा उक्त बोरा भित्र लागुऔषध भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रामाडोल १ हजार ९८० पत्तामा १९ हजार ८०० क्याप्सुल र कोठाको टेवलबाट प्रतिवन्धित औषधी ४०० पत्तामा ४ हजार ट्यावलेट फेला परेको प्रहरीले जनाएको छ । दुवैलाई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।–न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव

‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।...

अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले

अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताउनुभएको छ ।...

कति छ काठमाडौँको तापक्रम?

कति छ काठमाडौँको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको...

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...