अस्थिरताको राजनीतिक निकास चुनावबाट दिनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको राजनीतिक अस्थिरतालाई निर्वाचनबाट स्थायी निकास दिनुपर्ने बताउनुभएको छ । बुधबार राजनीतिक दलसँगको छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘हामीले राजनीतिक अस्थिरतालाई निर्वाचनको स्थायी निकास दिनैपर्छ। इतिहासको यस संवेदनशील घडीमा मुलुक र लोकतन्त्रप्रति हामी कति इमानदार रह्यौँ भनेर भावी पुस्ताले पनि हाम्रो जाँच गर्नेछ।’
सरकारको कामकारवाही र आगामी निर्वाचनको तयारीबारे जानकारी दिने उदेश्यले सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउनुभएको हो । सिंहदरबारमा बसेको सर्वदलीय बैठकलाई प्रधानमन्त्री कार्कीले सम्बोधन गर्नुभएको हो ।
सरकारको कामकारवाही र आगामी निर्वाचनको तयारीबारे जानकारी दिने उद्देश्यले बोलाइएको सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
बैठकमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेलगायत निर्वाचन आयोगमा दर्ता भएका १२५ दलका विभिन्न नेताहरु सहभागी हुनुभएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




