यात्रुवाहक सवारी दुर्घटनामा १४ घाइते
धनकुटा। धनकुटाको पाख्रिबास नगरपालिका–५ भैंसेस्थित मध्यपहाडी लोकमार्गमा शुक्रबार बिहान भएको यात्रुवाहक सवारी दुर्घटनामा १४ जना घाइते भएका छन् ।
घाइतेमध्ये ३ जना अवस्था गम्भीर परहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान करिब ६ः३० बजे काठमाडौँबाट खाँदबारीतर्फ जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको सप्तकोशी माइक्रोबस अनियन्त्रित भई करिब ६०–७० मिटर तल खसेपछि दुर्घटना भएको हो ।
घाइते यात्रुलाई स्थानीयको सहयोगमा तत्काल उद्धार गरी विभिन्न सवारी साधनमार्फत उपचारका लागि जिल्ला अस्पताल धनकुटातर्फ पठाइएको इलाका प्रहरी कार्यलय पाख्रिवासका इन्चार्ज सहि नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
घाइतेहरूको विस्तृत विवरण खुल्न बाँकी रहेको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । दुर्घटनोस्थल पाख्रिबास बजारबाट झण्डै १९ किलोमिटर उत्तरपूर्व तर्फ पर्छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...
घट्यो नेप्से
काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...
निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...
मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो
काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...




