भ्रष्टाचारीलाई कार्वाही गरी सम्भावित खतरा रोक्न नेपाल मानवअधिकार संगठनको सरकारलाई आग्रह
काठमाडौं। संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात् बनेका सरकारहरूले जन अपेक्षा अनुरुप शासन सञ्चालन नगरेको ठहर गर्दै नेपाल मानवाधिकार संगठनले भ्रष्टाचारीलाई कार्वाही गरी सम्भावित खतरा रोक्न जेनजी समर्थित सरकारसँग आग्रह गरेको छ ।
नेपाल मानवअधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले आज एक प्रेस वक्तव्य जारी गर्दै भ्रष्टाचारलाई राज्यका सम्पूर्ण अङ्गहरूले संस्थागत गरेको, सत्ता संघर्ष र सत्ता समीकरणको कुशासन चलाउँदै देशलाई कुर्सी र पैसाको खेलमा परिणत गरेको कारण आम नागरिकमा व्यापक असन्तुष्टी, निराशा र वितृष्णा सृजना हुन गएकोे तथा विचार र अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउने समेतका गैर लोकतान्त्रिक र जनविरोधी कार्यहरू समेतको विरुद्धमा २०८२ भाद्र २३ र २४ गते Gen-Z युवाहरूको आह्वानमा भएको आन्दोलनको कारण तत्कालीन सरकारको नेतृत्व तथा अन्य प्रतिनिधिहरू पदीय जिम्मेवारी छोडेर ज्यान जोगाउनको लागि भागेको कारण देश नेतृत्वविहीन भएको बाध्यात्मक परिस्थितिमा वर्तमान सरकार अभिभावकत्व ग्रहण गर्न आएको वास्तविकतालाई स्मरण गराएको हो।
सरकारले वर्तमान संक्रमणकालीन अवस्थाको सहजीकरणको लागि निर्वाचन मार्फत बन्ने नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्ने दायित्वका साथै जनअपेक्षा बमोजिम सत्ताका आडमा विगत लामो समयदेखि राज्यश्रोत दोहन गर्दै आएका भ्रष्ट प्रशासक, राजनैतिक दलका नेताहरू, न्यायाधीश तथा संवैधानिक अङ्गका पदाधिकारीहरू समेतको, भ्रष्टाचारजन्य कार्य र पदको आडमा जम्मा गरेको अकुत सम्पत्तिको छानबिन तथा वास्तविक दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउँदै देश जनताको भावना सम्बोधन हुनुपर्नेमा वर्तमान सरकारको कार्यदिशा त्यतातर्फ उन्मुख नभएकोले नागरिकहरूमा पुन निराशा र विद्रोही भावनाको विकास हुँदै आएको वातावरणले सरकारले तोकेको समयमा निर्वाचन हुन सम्भव नहुने र शान्ति सुरक्षामा समेत दखल पुग्ने अवस्था सिर्जना भएकोप्रति यो संगठनको गम्भीर ध्यान आकर्षण भएको जनाएको छ ।
वर्तमान सरकारले तत्काल उच्चस्तरीय सम्पत्ति छानबिन न्यायिकआयोग बनाई गैरकानुनी अकुत आर्जन गर्ने विगत देखिका प्रशासक, नेता, न्यायाधीश तथा संवैधानिक अङ्गका पदाधिकारीहरू समेतलाई कानुनी दायरामा ल्याई राष्ट्रलाई भ्रष्टाचार र कुशासन मुक्त बनाई देशमा हुनसक्न मुठभेडकोे सम्भावित खतराबाट देशलाई निकास दिन नेपाल सरकार संग हार्दिक अपिल गर्दछौं । साथै देश र नगरीकहरुको अस्तित्व रक्षाको लागि उल्लेखित कार्यमा सबैले सहकार्य गर्न र वर्तमान तरल अवस्थामा मुठभेड निम्त्याउने कार्य नगर्न नगराउन राजनैतिक दलहरु तथा जेनजी प्रतिनिधिहरुलाई समेत आग्रह गरेको हो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...
घट्यो नेप्से
काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...
निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...
मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो
काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...




